धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने म्याग्दीको भकिम्ली–३ मा अवस्थित स्वर्गाश्रम पूर्वाधार विकास र प्रचारप्रसारको अभाव झेल्न बाध्य छ । समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको हो ।
IMG_0041(1)
सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन नसक्नु, बजेटको अभाव, प्रचारप्रसार नहुनु जस्ता कारणले धार्मिक र पर्यटकीय महत्व बोकेको आश्रम विस्तारै ओझेलमा पर्दै गएको छ । झण्डै १ सयवर्ष पुरानो इतिहास बोकेको प्रसिद्ध स्वर्गाश्रम कालीगण्डकी, धौलागिरि, मुक्तिनाथ, जगन्नाथ, पुलहाश्रमलगायत विभिन्न सप्तक्रषि डाँडाहरुले घेरिएको छ । स्वर्गाश्रममा गणेशको मन्दिर, पौवा, सत्तल आदी रहेका छन् ।
IMG_0073(2)
म्याग्दी सदरमुकाम बेनीदेखि ३ कोष टाढा रहेको स्वर्गाश्रममा देशका विभिन्न ठाउँबाट गुरु तथा माताहरु आएर तपस्या गर्ने गर्दछन् । बेनीदेखि गाडीमा डेढ घण्टामा भकिम्ली र त्यहाँबाट आधा घण्टामा पुग्न सकिने आश्रमसम्म सडक निर्माण गर्न सकेमा पनि आन्तरिक र बाह्य पर्यटक भिœयाउन सकिने स्थानीयवासी बताउँछन् । पुरानो इतिहास बोकेको आश्रमको विकास गर्न सकेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार आश्रममा आएर तपस्या गर्ने तपसीहरुका लागि व्यवस्थित बसाई बसाउन आवश्यक छ ।
IMG_0014(3)

दर्जनौं हिमश्रृङ्खलाको दृश्यावलोकनः

भकिम्लीको स्वर्गाश्रमको डिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«, निलगिरी, मानापाथी, गूर्जा, गणेश, बेहुलाबेहुलीलगायत दजनौं सेताम्मे हिमालहरु देखिन्छन् । त्यस ठाउँबाट हिमाल मात्रै होइन म्याग्दीको सदरमुकाम बेनीसहित अधिकांश भाग र पर्वतको उत्तरी क्षेत्र समेत देखिन्छ ।
IMG_0015(5)
लालीगुराँस र जडिबुटी पाइन्छः
IMG_0077(1)
आश्रम आसपासको वनजङ्गलमा रातो, सेतासहित विभिन्न ७ रङका लालीगुराँसहरु पाइन्छन् । स्थानीयवासीले तिनै लालीगुराँसका फुल टिपेर ल्याई गाउँमा हुने सामाजिक तथा धार्मिक कार्यक्रममा फुलमाला, तोरण र उपहारका लागि प्रयोग गर्ने गरेका छन् । यसैगरी जङ्गलमा स्वास्थ्यबद्र्धक जडिबुटीहरु जस्तैः सतुवा, चिराईतो, पाखनवेद, लौठेसल्ला, चरचरेलगायत पाइन्छन् ।
IMG_0081
तपस्या गर्नलाई ओढारः

आश्रमको नजिकै ऋषि माताहरुले तपस्या गर्ने गरेको ओढार रहेको छ । यो २०४३ देखि ५५ सालसम्म ईन्दिरा माताले तपस्या गरेको गुफा ओढार हो । आश्रममा सन् १९४८ मा छविनन्दप्रसाद गुरुले तपस्या गरेका थिएभने २०१७ सालमा बागलुङको बिहुँबाट प्रमानन्द गुरु बालतपसी आई तपस्या गरेका थिए । समयसमयमा म्याग्दीसहित पर्वत, बागलुङ र चितवनलगायतका जिल्लाबाट तपसीहरु आएर ध्यान गर्ने गरेका छन् ।
IMG_0089
बागलुङ जान आश्रमको बाटोः

आश्रममा विभिन्न मुर्तिकला, सप्तऋषि डाँडा रहेको किम्बदन्ती छ । छिमेकी जिल्ला बागलुङको धम्जा गाविससँग सिमाना जोडिएको क्षेत्र भएको हुँदा धम्जावासी आफ्नो जिल्लाको सदरमुकाम बागलुङ जान स्वर्गाआश्रमको बाटो प्रयोग गर्ने गरेका छन् । आश्रममा हरेक वर्ष बैशाख १ गते रथयात्रासहित विषेश पुजाआजा गरिन्छ । आश्रम नजिकै रहेको ३ हजार मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट म्याग्दी, पर्वत बागलुङ, गुल्मीसहित ८ जिल्लाको केही भागहरु देखिने स्थानीयको भनाई छ ।
IMG_0062(2)
IMG_0047(1)