नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको अध्यक्षमा सुवास विश्वकर्मा निर्वाचित भएका छन् । अनेरास्ववियुको शुक्रबार अबेर राती बेनीमा सम्पन्न १९औं जिल्ला अधिवेशनबाट विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत ३७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा ईश्वर सुवदी, सचिवमा सावित्री केसी, कोषाध्यक्षमा दर्पण रोकामगर, सहसचिवमा दलितर्फ जनक सोनाम, जनजातितर्फ योगेन्द्र घर्तीमगर र महिलातर्फ आशिका मल्ल निर्वाचित भएको अनेरास्ववियु म्याग्दीले जनाएको छ । यसैगरी कमिटीको सदस्यहरुमा खुलातर्फ विकास केसी, नवीन रिजाल, मिलन खत्री, गिरीप्रसाद बोहोरा, विपसा खत्री, अवतार शर्मा, अमृता गर्बुजा, खगेन्द्र घर्ती, दिनेश फगामी, सुजन हमाल, दिनेश सुवेदी, विशाल कार्की, नवीन रोका, सन्दीप शर्मा र करिष्मा सुवेदी रहेका छन् ।
त्यस्तै दलिततर्फ पनिता पटेल, नरेस विक, खुमबहादुर विक र युजु विक, महिलातर्फ भावना जिसी, दिपा मल्ल, सुष्मा खत्री र रश्मी रोका, जनजातिबाट सुजन बुढाथोकी, सिजन रोका, चित्रबहादुर थापामगर, ज्योती पुन, बिमल पुन, नन्दु रोका र मेखबहादुर पुन निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष एवं अनेरास्ववियुका केन्द्रीय सचिव आरसी लामिछानेले जानकारी दिए ।
अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिवालय सदस्यहरु नरेश रोकाया, यमराज पाण्डेय, मोती विक, उमेश आचार्य, एमाले म्याग्दीका सचिवालय सदस्य एवं विद्यार्थी इन्चार्ज दिपक कार्की बिखर्ची, प्रचार विभाग प्रमुख सुरत केसी, मोर्चा विभाग प्रमुख राजकुमार थापा, जिल्ला सदस्य तथा युवा संघ नेपालका सचिवालय सदस्य कृष्णकुमार विश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।