नक्सा पासै नगरि धमाधम सेमिनार हल निर्माण गरिरहेको जिल्ला विकास समिति म्याग्दीलाई बेनी नगरपालिकाको कानुनी प्रक्रिया पूरा गर्न सचेत गराएको छ । सरकारले विनाशकारी भूकम्प पछि जारी गरेको बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभुत निर्माण मापदण्ड विपरित नक्सा पास नगरि धमाधम भवन निर्माण गरिरहेको बेनीअनलाइन,रिखार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि नगरपालिकाले त्यस विषयमा जिविसको ध्यानाकर्षण गराएको हो ।

मापदण्डमा नगरक्षेत्रमा निर्माण हुने कुनैपनि व्यक्तिगत वा सरकारी निकायको भवन नगरपालिकाबाट नक्सा पास हुनुपर्नेमा उल्लेख छ । समाचार प्रकाशित भएपछि जिविसलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न सचेत गराईएको नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले जानकारी दिए । ‘अहिलेसम्म त्यो संरचनाको नक्सा पासका लागि नगरपालिकामा कुनै किसिमको निवदेन प्राप्त भएको छैन् । त्यस विषयमा हामीलाई स्थानीय विकास अधिकारीसंगै कुराकानी गरिरहेका छौँ’, कार्यकारी अधिकृत सुवेदीले भने, ‘जिविसले पनि तत्काल प्रक्रिया अघि बढाउँछाँै भनेको छ ।’ १ करोड ५० लाख रुपैयाँका लागतमा निर्माण भईरहेको सेमिनार हलको अहिले जग हाल्ने काम भइरहेको छ ।

Jilla bikas samiti(2)पूरानो संरचना भत्काएर नयाँ निर्माणको चरणमा प्रवेश गरेको भवन यहि आर्थिक बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाले कडाईका साथ भवन निर्माण मापदण्ड कार्यान्वयन गर्ने भन्दै सरकारी निकाय र व्यक्ति दुबैलाई उक्त नियम पालन गर्न आग्रह समेत गरेको छ ।‘अझै केहि सरकारी निकायले प्रक्रिया पूरा नगरेको पाईएको छ’, कार्यकारी अधिकृत सुवेदीले भने, ‘सबैले यस्तै गर्दै जाने हो समस्या हुन्छ, यसमा नगरपालिका दृढ भएर अघि बढ्छ ।’

भवनको नक्सा पासका लागि जिविसले नगरपालिकासंग एकहप्ताको समय माग गरेको बुझिएको छ । यसैबीच, निर्माणधिन सेमिनार हलको निर्माण अबको चार महिना भित्र सम्पन्न हुने ठेकेदार नारायण जिसीले जानकारी दिएका छन् । ‘नक्सा पास गर्ने÷नगर्ने विषय जिविसको हो । मैले काम अबको चार महिनाभित्र सम्पन्न गर्नेछु’, उनले भने । सेमिनार हलको गत आबमा ३० लाख रुपैयाँको काम सम्पन्न भएको थियो । ठेकेदारलाई असार मसान्तसम्मको समय दिईएको छ । रिखार राष्ट्रिय दैनिक