बागलुङका रिवाज श्रेष्ठले केहीदिन अगाडी आफुँले बनाएको ड्रोन उडाउन म्याग्दीमा आए । आफ्नै हातले बनाएको ड्रोन लिएर छिमेकी जिल्ला म्याग्दी आएका श्रेष्ठले म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविको प्राङ्गनमा ड्रोन उडाउँदै गर्दा ड्रोन बनाउने तालिममा ब्यस्त रहेका वेष्ट प्वाइन्टका विद्यार्थीलाई समेत उनले प्राविधिक पक्षका बारेमा आफ्नो अनुभव सुनाइरहेका थिए ।
बागलुङ नगरपालिका–१ रामखेरास्थित सिद्धार्थ शिक्षा सदनमा कक्षा १० मा अध्ययरत १५ बर्षिय श्रेष्ठले दुईबर्ष अगाडी ड्रोन बनाएर उडान सफल भएका थिए । प्राथमिक तहमै विभिन्न उपकरणको प्रयोग गरेर धौलागिरि अञ्चलमै रोर्बट बनाएर चर्चा कमाएका श्रेष्ठले ड्रोनमा चारवटा पंखा, क्यामेरा, ब्याट्री, ईएससी, प्लाइट कन्ट्रोलर, रिसिभर, पावर कन्ट्रोलर लगाएत ड्रोनका लागि आवश्यक पर्ने उपकरणहरू समेत प्रयोग गरिएको श्रेष्ठले बेनीअनलाइनलाई बताए ।
‘मैले तीन महिनामै ड्रोन बनाउन सफल भएको थिए ।५० मिटर उचाईसम्म उड्न सक्ने बनाएको छु’ उनले भने ।ड्रोन बनाउन सजिलो नभएपनि आफँुले इन्टरनेट सहित अन्य विभिन्न माध्यको प्रयोग गरी अध्ययन गरेको आधारमा बनाएको बताउँदै यसलाई राम्रो बनाउने योजना बनाइरहेको बताए ।ड्रोनमा जडान गरिएको क्यामेराबाट फोटो तथा भिडियो सहित प्रत्यक्ष प्रशारण समेत गर्न सकिने उनको भनाई छ । कन्ट्रोलरबाट उडाउन र ल्यान्डिङ गर्न सकिन्छ।
अहिले प्रयोग गरेको ब्याट्री छोटो समयका लागि उडाउन मिल्ने भएकाले पनि लामो समयसम्म आकाशमा उडान गर्न मिल्ने बनाउन समेत आफुँ सक्षम रहेको श्रेष्ठको दावी छ । करिव १५ हजारको लगानीमा निर्मित ड्रोनलाई उनले पोखरा, काठमाण्डौ र झापामा समेत देखाइसकेका छन् । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएका श्रेष्ठको रुचीमा परिवारले समेत सहयोग गरेका कारण यसअगाडी रोबर्ट, इलेक्ट्रिकल कार, सोलार हेट प्यानका साथै मिनी हाइड्रोपावर समेत बनाएका थिए ।
परिवार संगै राज्यका निकायबाट समेत सहयोग भए भविस्यमा विमान बनाउने योजना रहेको श्रेष्ठको भनाई छ । उनले रोबोटेक बनाउन चाहने विद्यार्थीलाई आफ्नो अनुभव र सीप हस्तान्तरण गर्न तयार रहेको बताए । न्यू वेष्ट प्वाइन्ट आवासीय माविले गरेको अञ्चलस्तरीय प्रर्दशनीमा समेत उनले विद्यार्थीले बनाएका ड्र्रोन, अटोमेटिक कार, सेन्सर लाइट, सेन्सर जडित पानि तान्ने मोटर धुवां तथा मानब डिटेक्टिभ सेन्सर लगायतका प्रदर्शनीमा आफ्नो अनुभव सुनाउन विद्यालयमै पुगेका थिए ।