बेनी नगरपालिका–११ पुलाचौरस्थित पुरुन्नेका ४० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाल बिद्याथी संघ म्याग्दीको आयोजनामा दलित बस्ती पुरुन्नेका बालबालिकाहरुलाई कपडा बितरण गरिएको हो । नेपाली कांग्रेस जनसम्पर्क समिति नर्बेको सहयोगमा दलित बस्तीका बिद्यार्थीहरुलाई दुई सेट न्यानो कपडा बितरण गरिएको हो ।
nsu prg (1)
कपडा बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका महाधिबेशन प्रतिनिधि एवम नेपाल बिद्यार्थी सघका नेता भरत बहादुर रकालले नेपालको इतिहासमा दलित जनजाति अन्य पिछडिएको बर्गसंर्घषको मुद्धालाई आफ्नो भनेर हेर्ने संगै हरेक वर्गको समस्याको समाधान नेपाली कांग्रेसलेनै नेतृत्व गरेकोले सवैलाई बिपिको बाटोमा हिड्नालेनै नेपाल समृद्ध हुने बताए ।
nsu prg (4)
उनले विगतका इतिहासमा पुरुन्नेलाई भोटरका रुपमा मात्रै प्रयोग गर्नेहरुबाट सचेत हुन अनुरोध गदैं गाउँमा आवश्यक पर्ने सहयोग गर्न तयार रहेको समेत बताए । उनले छुवाछुतमुक्त अभियानलाई ग्रामिण क्षेत्रसम्म पुर्याउन समेत विद्यार्थी संघ मार्फत निरन्तर सहयोगको प्रतिबद्धता जनाउँदै दलितलाई नेतृत्वतहसम्म पुर्याउनका साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग जुटाउन समेत निरन्तर सहयोग गरिने बताए ।
nsu prg (2)
नेपाल दलित संघ म्याग्दीका जिल्ला सदस्य बाघविर दर्जीको अध्यक्षताम सदस्य टिकाराम दर्जीको स्वागत शिक्षक संघ म्याग्दीका सह सचिव खेमराज शर्माको संञ्चालनमा सम्पन्न कार्यक्रममा नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पसका सभापति निर्मल खत्री जिल्ला सदस्य बिशाल खत्री, स्थानिय दलित नेताहरुले बोलेका थिए । करिव १०३ घरधुरीबाट रहेको पुरुन्नेका बालबालिकालाई विगतमा समेत सहयोग गरिएको थियो ।