(धु्रबसागर शर्मा)
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) म्याग्दीको मंगलवार सम्पन्न पाँचौ अधिवेशनबाट लोकदीप आवासीय माविका प्रवन्ध निर्देशक कृष्णप्रसाद सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा शिवकुमार श्रेष्ठ,सचिवमा हिरा पुन,कोषाध्यक्षमा बालकृष्ण सुवेदी र सहसचिवमा कृष्ण खड्का चयन हुनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा विरेन्द्रक कार्की,राजु केसी,विरेन्द्र घर्ती र वरिष्ठ सल्लाहाकारमा प्याव्सन म्याग्दीका निवर्तमान अध्यक्ष राजकुमार थापा र सुर्दशनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

प्याव्सन म्याग्दीका अध्यक्ष राजकुमार थापाको अध्यक्षता, प्याव्सन केन्द्रिय सदस्य विजयराज पन्तको प्रमुख आतिथ्यता,प्याव्सन बागलुका अध्यक्ष रामप्रसाद शर्मा, निवर्तमान अध्यक्ष नवराज श्रेष्ठ र म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख रामजीप्रसाद सुवेदीको विशिष्ट आथित्यता,उपाध्यक्ष याम थापाको स्वागत र सचिव कृष्णप्रसाद सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।