जिल्ला बालकल्याण समिति म्याग्दीद्वारा जिल्लाका द्वन्द्व प्रभावित बालबालिकाहरुलाई बुधबार राहत रकम वितरण भएको छ । सशस्त्र द्वन्द्वको समयमा मृतक, बेपत्ता, घाइते र अपाङ्गता भएका परिवार तथा तिनका बालबालिकालाई राहत उपलब्ध गराइएको बाल संरक्षण अधिकृत भूवनबहादुर मल्लले बताए ।
IMG_7768
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा केन्द्रीय बालकल्याण समितिबाट सञ्चालित सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनसर््थापना तथा पुनः एकीकरण परियोजनाअन्तर्गत जिल्ला बालकल्याण समितिमार्फत रकम वितरण गरिएको छ । जिल्ला बालकल्याण समितिका अनुसार द्वन्द्वपीडित ७२ जना, यसअघि छुट भएका २५ र शारिरीक रुपमा अपाङ्गता ३ सहित १ सयजना बालबालिकाहरुलाई शैक्षिक र आयआर्जनका लागि राहत सहयोग गर्न लागिएको हो ।

बुधबार मात्रै ४० जनालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले राहत हस्तान्तरण गरिएको जिल्ला बालकल्याण समितिका कार्यक्रम अधिकृत समिता थकालीले बताइन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल कार्यक्रम अधिकृत थकालीले बालबालिका तथा तिनका अभिभावकलाई राहत रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, महिला विकास अधिकृत निर्मला शर्मा, स्थानीय शान्ति समितिका संयोजक मुक्ति ढुङ्गानालगायतको सहभागीता रहेको थियो ।