पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा गरिएको छ । जिल्ला विकास समिति अन्र्तरगत सञ्चालित पश्चिम नेपाद ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आर्थिक सहयोगमा गाउँस्तरीय सरसफाई, खानेपानी तथा स्वच्छता समन्वय समितिले आयोजनामा गरिएको घोषणा कार्यक्रमको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गरेका थिए ।
16298909_1342834319122000_4685775111778636096_n
बिममा रहेका कु्ल ४१६ घरधुरीमा सरसफाईका आवश्यक आधारभुत सुचक पुरा गरी सबै घरमा सुधारिएको चुल्हो निर्माण भएपछि पूर्ण सरसफाई र घरभित्रको घुँवामुक्त गाविस घोषणा गरिएको हो । घोषणा कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी गिरीले फोहोरका कारण नै धेरै रोगहरु लाग्ने बताउँदै सरसफाईयूक्त समाजको निर्माण गरे धेरै रोगहरु न्यूनिकरण गर्न सकिने बताए ।
16266251_1342834375788661_3458152649439564783_n
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेल, नेपाली कांग्रेस म्याग्दीका रेकप्रसाद पुन, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला सदस्य कमल केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष पहल बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा र राष्ट्रिय जनमुक्ती पार्टीका अध्यक्ष नर बहादुर थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्थानीयले सरसफाई र धुँवा सम्बन्धि अभियानलाई निरन्तरता दिने सामुहिक प्रतिबद्धता जनाएका थिए । स्थानीय कला र संस्कृति संगै कार्यक्रमको पुर्वसन्ध्यामा बिम गाउँ परिक्रममा गरिएको थियो ।
16265391_1342834172455348_965961051020868302_n
16195329_1342834222455343_3709594037328048338_n