म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानीस्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा बिहीबारदेखि महायज्ञ शुरु भएको छ । विद्यालयलाई प्राविधिक एवं गुणस्तरीय शिक्षाका साथै नमुना सामुदायिक विद्यालय सञ्चालन गर्ने उद्देश्यसहित म्याग्दी बेनी तातोपानी शैक्षिक तथा धार्मिक महोत्सव श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको हो ।
IMG_7891
महायज्ञको उद्घाटन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले शैक्षिक क्षेत्रको विकासका लागि महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । प्रमुख कथावाचक बालव्यास पण्डित नारायणप्रसाद न्यौपानेले समाजको सकारात्मक परिवर्तनका लागि धार्मिक तथा शैक्षिक महायज्ञ आवश्यक रहेको धारणा राखेका थिए । महायज्ञ मूल आयोजक समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले विद्यालयलाई आर्थिक र भौतिक रुपमा सम्पन्न गराउने उद्देश्यले धार्मिक एवं शैक्षिक महोत्सव लगाइएको जानकारी दिएका छन् ।
IMG_7884
कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव देवबहादुर घले, जिल्ला शिक्षा कार्यालय म्याग्दीका कार्यक्रम अधिकृत दलबहादुर थापा, साहित्यकार अजयमिलन श्रेष्ठ, पौलस्त्य पुलहाश्रम क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मी र आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त उपाध्यायले मन्तव्य राखेका थिए ।
IMG_7878
आगामी १९ गतेसम्म सञ्चालन हुने महायज्ञको अवसरमा हरेक दिन बिहानको समयमा योग विज्ञान शिविर, शालिग्राम परिक्रमा, पुजाअर्चना, भागवत् पाठ, झाँकी प्रस्तुत, कथावाचन तथा प्रवचन र भजनकिर्तनलगायतका कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जनाएको छ । महायज्ञको प्रमुख कथावाचक बालव्यास पण्डित नारायणप्रसाद न्यौपानेले सङ्गितमय कथावाचन गर्ने कार्यक्रम तय गरिएको छ ।
IMG_7877
महायज्ञबाट सङ्कलित रकमले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन, विद्यालयलाई भौतिक रुपमा सुविधासम्पन्न र आर्थिक रुपमा आत्मनिर्भर बनाउने, नमुना पुस्तकालय सञ्चालन गर्नेलगायतका योजनाहरु अगाडि सारिएको छ । यसैबीच महायज्ञ पहिलो दिन मात्रै ५ लाख २२ हजार ९ सय ४४ रुपैयाँ सङ्कलन भएको छ भने महायज्ञका मूलकर्ता रेशम अधिकारीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरी सभानायक भएका छन् ।
IMG_7875
कार्यक्रम महायज्ञ मूल आयोजक समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको अध्यक्षता, महासचिव नोठबहादुर बानियाँको स्वागत र सचिव कृष्ण खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम शुरु हुनुपूर्व महायज्ञका आयोजक, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय आमा समूह, क्लब, जातिय संघसंस्थालगायतको भजनकिर्तन र पञ्चेबाजासहित तातोपानीदेखि सिङ्गासम्म कलशयात्रा र ¥याली गरिएको थियो ।
IMG_7872

IMG_7866

IMG_7863

IMG_7862
IMG_7922

IMG_7927

IMG_7897

विज्ञापन