प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा विश्वभरका पर्यटकलाई आर्कषित गर्ने गरी प्रचारप्रसार गर्नुपर्ने बिहिबार सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका सहभागिले बताएका छन् । स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा लाखौ खर्चिएर समेत निको नभएका विरामीको रोजाईमा समेत तातोपानी पर्न थालेको कुण्डको पुर्वाधार विस्तार संगै प्रचारप्रसारमा राज्यका निकायबाट सहयोग आवश्यकता रहेको बताउँदै अन्र्तराष्ट्रियस्तरमा समेत कुण्डको प्रचारप्रसार गरेर पर्यटकलाई भित्राउनुपर्नेमा बताइएको थियो ।
IMG_7820
बिहीबारदेखि सरस्वती माविलाई शैक्षिक तथा भौतिक पु्र्वाधारमा सहयोग जुटाउने उदेश्यले आयोजित महायज्ञमा बोल्ने बक्ताले तातोपानी कुण्डकै आम्दानीबाट विद्यालय देखी समुदायामा आवश्यक पर्ने स्वास्थ्य, सामाजिक तथा विकास निर्माणमा खर्च भइरहेको बताउँदै विदेशी पर्यटकलाई आर्कषित गर्ने गरी प्रचारप्रसार गरिए सिंगो जिल्लाको आयस्रोत बन्ने बताएका हुन् ।
IMG_7891
महायज्ञको उद्घाटन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले गरेका थिए । महायज्ञ मूल आयोजक समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले प्रावि दरबन्दी रहेको विद्यालयमा निमावी र मावी तहको दरबन्दी सहित भौतिक पूर्वाधार सहित आवश्यक क्षेत्रमा कुण्डको आम्दानीबाट प्रयोग गरिएको बताए । महायज्ञमा बोल्ने बक्ताले तातोपानी कुण्डको महत्वका बारेमा समेत चर्चा गरेका थिए। कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव देवबहादुर घले, जिल्ला शिक्षा कार्यालय म्याग्दीका कार्यक्रम अधिकृत दलबहादुर थापा, साहित्यकार अजयमिलन श्रेष्ठ, पौलस्त्य पुलहाश्रम क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मी र आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त उपाध्यायले मन्तव्य राखेका थिए ।
Tatopani kunda (2)
बार्षिक २० हजारले स्नान गर्ने कुण्डमा नियमित स्नान गरेर ग्याँस्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छाला सम्बन्धि विबिध रोग, सुन्निएको, बज्रीएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस लगायत रोग निको भएको पाईन्छ । वीरेनून र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । कुण्डको आम्दानीबाट सरस्वती माविका ९ जना निजी स्रोतका शिक्षकलाई तलबभत्ता सहित भवन निर्माणमा समेत लाखौं खर्च गरिएको छ । पछिल्लो समय जापानमा तातोपानी कुण्डको प्रचारप्रसार हुन थालेपछि हरेकबर्ष जापानिजहरु स्नानका लागि आउन थालेका छन् ।

विज्ञापन