शुक्रबार विहानै देखी बादल लागेसंग एक्कासी बर्षाले म्याग्दीको जनजीवन कष्टकर बनेको छ । विहानैदेखी सिमसिम पानी परेपछि पैदलयात्रीलाई समस्या भएको छ । छिमेकी जिल्ला पर्वत तथा ग्रामिण क्षेत्रबाट सदरमुकाम आउने सर्वसाधारणरू समेत एक्कासी बर्षा भएपछि अलपत्र परेका थिए । बिहिबारसम्म सफा मौसम र जाडो घट्दै गइरहेको अवस्थामा शुक्रबार रातीदेखी हावाहुरी र चिसो बढेको थियो ।

जाडो बढेपछि सर्वसाधारणले घर आसपासका क्षेत्रमा आगो ताप्दै दिन विताएका छन् । म्याग्दी बहुमुखी क्याम्पसमा छायाङ्न गरिएको विविसी नेपाली सेवाको साझा सवाललाई समान्य असर गरेपछि दिउँसो १२ बजेदेखी भएको बर्षा रोकिएको छैन् ।

यसैविच जिल्लाको माथिल्लो भेगका बर्षासंगै हिमपात भइरहेको छ । सिमसिम पानी संगै गुर्जा, मुदी, चिमखोला, दाना, नारच्याङ लगाएतका हिमाली बस्तीमा यसबर्ष तेस्रोपटक हिमपात भएको छ । हिमापातले गुर्जाको जनजीवन प्रभावित भएको त्यहाँका स्थानीयलाई उद्धित गदैं झकप्रसाद छन्त्यालले बेनीअनलाइनलाई बताए । बर्षा र हिमपातले बालबालिका र बृद्धबृद्धालाई चिसोको प्रभव निकै परेको छ । गुर्जा लगाएत जिल्लाका माथिल्लो भेगका आधा फिट हिउ परेको छ । गुर्जामा हिमपातको फाइल तस्विर