कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत म्याग्दीले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएपछि फरार भएका एक अभियुक्तलाई म्याग्दी प्रहरीले पक्राउ गरी अदालतमार्फत जेल चलान गरेको छ ।

२०७३ माघ २ गते म्याग्दी जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको सजाय ठहर गरेपछि फरार रहेका जिल्लाको बिम गाविस ४ का २८ वर्षिय बालकुमार जुग्जालीलाई प्रहरीले माघ १३ गते पक्राउ गरी आज जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । टोपवहादुर जुग्जालीको जाहेरीको आधारमा अभियुक्त जुग्जालीलाई कर्तव्य ज्यान मुद्धामा संलग्न रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस