म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानीस्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको बेनी तातोपानी शैक्षिक तथा धार्मिक महोत्सव श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको तेस्रो दिनसम्म १४ लाख ९२ हजार ८ सय सङ्कलन भएको छ । शनिबार ७ लाख ४३ हजार १ सय ३२ रुपैयाँ सङ्कलन भएको छ ।
बेनपा–१३ का गोपाल केसी( दिपशिखा मावि कुहुँका शिक्षक), गुमादेवीस केसी( सरस्वती माविकी शिक्षक)ले १ लाख १ हजार १११, बेनपा–१३को जागृति महिला पावर समुह ५० हजार ५५५, गंगालाल रोका मगर ५१ हजार १११, कर्ण बहादुर जिसी ताकम–४ हाल बेनी ३० हजार १५५, रेशम कार्की ३० हजार १३१, बानियाँ बन्धु समाज म्याग्दी २५ हजार ५५५, मुक्तिनाथ अफसेट २० हजार १ सय सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका उपाध्यक्ष कुमार केसीले बताए ।
महायज्ञमा गोपाल केसी र गुमादेवी केसी स सभानायाक भएका थिए । विद्यालयलाई प्राविधिक एवं गुणस्तरीय शिक्षाका साथै नमुना सामुदायिक विद्यालय सञ्चालन गर्ने उद्देश्यसहित म्याग्दी आयोजना गरिएको थियो । प्रमुख कथावाचक बालव्यास पण्डित नारायणप्रसाद न्यौपानेले बाचन गरिरहेका छन् ।
महायज्ञबाट सङ्कलित रकमले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन, विद्यालयलाई भौतिक रुपमा सुविधासम्पन्न र आर्थिक रुपमा आत्मनिर्भर बनाउने, नमुना पुस्तकालय सञ्चालन गर्नेलगायतका योजनाहरु अगाडि सारिएको छ । आगामी १९ गतेसम्म सञ्चालन हुने महायज्ञको अवसरमा हरेक दिन योग विज्ञान शिविर, शालिग्राम परिक्रमा, पुजाअर्चना, भागवत् पाठ, झाँकी प्रस्तुत, कथावाचन तथा प्रवचन र भजनकिर्तनलगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।