पुनहिलमा चाँदीझैँ टल्कने हिउँमा रमाउँदै विदेशी पर्यटक(फोटो फिचर)

0

16343709_1347030332001770_2026347754_nम्याग्दीको प्रमुख पर्यटकीय स्थल घार गाविस–१ स्थित पुनहिलमा शनिबार बिहान हिउँमा खेलेका छन् । सन् २०१७ मा नेपालको उत्कृष्ट पर्यटकीय गन्तब्यमा समावेश भएको पुनहिलमा विभिन्न देशबाट पुगेका पर्यटकले घोरेपानी देखी पुनहिलसम्म हिउँको मार्ग बनाएर रमाउँदै फर्किएको घोरेपानी होटल ब्यवसायी समितिका टेकसर पुनले बेनीअनलाइनलाई बताए ।
16266324_1346883622016441_112512418461640716_n
‘पर्यटकहरू निकै उत्साहित भएका छन् ।बाख्लो हिउँमा खmेल्दै्र तस्विर लिएर फर्किए’ पुनले भने ।घोरेपानी घुम्न आएका पर्यटकलाई हिउँमा जीवनमै पहिलोपटक खेल्न अवसर मिलेको बताएका थिए । घोरेपानी देखी पुनहिलसम्मको पदमार्गमा हिउँ कुल्चिदै पुगेका पर्यटकले पुनहिलमा करिव ४ घण्टासम्म हिउँमा खेलेका थिए ।
poonhill 1
चाँदीझै टल्कने हिउँमा रमाउँदै फर्किएका पर्यटकले अविस्मरणीय भ्रमण भन्दै सेल्फी र उफ्रिएर समेत तस्वीर लिएका थिए । अफ सिजनमा समेत कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक हुदै पर्यटक घोरेपानी पुगेका थिए । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य लगायत प्रस्तुत गरी पर्यटकलाई आर्कषित गर्ने गरिएको छ ।
16358793_1347030442001759_1427928306_n
विश्वको चर्चित पर्यटक गाईड लोन्ली प्लानेटले यसबर्ष नेपालको उत्कृष्ट र घुम्नैपर्ने पर्यटकीय स्थलमा पुनहिललाई समावेश गरेको छ । विभिन्न नाकाबाट घोरेपानीमा बार्षिक ४० हजारको हाराहारीमा विदेशी पर्यटक जाने गर्दछन् । पछिल्लो समय स्वदेश पर्यटकको समेत रोजाईमा पुनहिल पर्न थालेको छ ।
पाँच दशकअघि अन्नपुर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै सुविधासम्पन्न होटलहरू बनेका थिए । विश्वको उत्कृष्ट गन्तब्यमा पर्ने अन्नपुर्ण पदयात्रामार्ग अन्तर्गत पुनहिल एक सुन्दर गन्तब्य हो ।
तस्विर सौजन्य टेकसर पुन
16344365_1347030392001764_413907475_n