बेनी आवासीय मावि अन्र्तरगत रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा खुल्लामञ्चमा भइरहेको फुटवबल प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल सकिएको छ । शनिबार भएको खेलमा महादेव मावि बेगलाई किसानी मावि ताकम धारापानीले सुन्यका विरुद्ध ५ गोल, प्रकाश मावि र लिटल गार्डेन एकेडेमी विच भएको खेल निर्धारित समयममा १–१ गोलले बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा प्रकाश माविले ४ का विरुद्ध ५ गोल प्रहार गरेको थियो ।

त्यसैगरी बुद्ध एकेडेमी र बेनी सामुदायिक विच भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा गोल रहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा बुद्ध एकेडेमीले ५ का विरुद्ध ६ गोल प्रहार गदैं क्वाटरफाइनलको यात्रा तय गरेको थियो । शनिबार नै भएको क्वाटरफाइनलका खेलमा न्य्रू वेष्ट प्वाइन्ट आवासीय माविले किसानी मावि धारापानीलाई सुुन्य का विरुद्ध ५ गोल र प्रकाश माविले माउण्ट एभरेष्ट आवासीय माविलाई २ गोल प्रहार गर्दै सेमिफाइनलमा प्रवेश गरेको बेनी आवासीय माविका खेलकुद शिक्षक विनोद घर्ती क्षेत्रीले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार आइतबार विहान न्यू वेष्ट प्वाइन्ट र बुद्ध एकेडेमी विच पहिलो र दोस्रो खेल प्रकाश मावि र धौलागिरि मावी सिंगा विच हुने छ । प्रतियोगितामा जिल्लाभरबाट १४ विद्यालयको सहभागिता रहेको छ । निमावीस्तरीय फुटबलमा लोकप्रिय मानिने कपमा प्रथम, द्धितियले क्रमस १५ हजार, ९ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्रका साथै उत्कृष्ट गोल रक्षक, खेलाडी, अनुशासित टिम लगाएत विभिन्न विधामा समेत पुरुस्कारको ब्यवस्था गरिएको छ ।