पश्चिम म्याग्दीको मुना–५ मा होमस्टे प्रवद्र्धनसम्बन्धी पुनर्ताजकीय तालिम शुक्रबार सम्पन्न भएको छ । सामुदायिक विकास परियोजना गुड नेबर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र संगम म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

पाँच दिनसम्म चलेको तालिमको धौलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङका प्रशिक्षक खड्क पुनले सहजीकरण गरेका थिए । मुनाका २१ जना सहभागी तालिममा होमस्टेको परिचय, खानाका परिकार, स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण, उनीहरुको बसाई व्यवस्थापन लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।

स्थानीयले तालिम लगत्तै अन्य सहयोग भएर होमस्टे सञ्चालन गर्ने बताएका छन् । धौलागिरि आधार क्षेत्र, ढोरपाटन शिकार आरक्ष, गुरिल्ला पदमार्ग अन्र्तगत ताकम हुदै जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होमस्टे तालिम सञ्चालन गरिएको थियो । पर्यटकीय सभ्भावना रहेकाले पर्यटकलाई आर्कषित गर्न समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका स्थानीयले तालिम मार्फत थप सहज हुने बताएका छन् । प्रताप बानियाँ