नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट लालबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिको उपाध्यक्षमा ईश्वर बानियाँ, सचिवमा बिक्रम सुवेदी, सहसचिवमा खोजेन्द्रबहादुर मल्ल, कोषाध्यक्षमा विष्णु गौतम सापकोटा र सहकोषाध्यक्षमा रनबहादुर शाही निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा सितल बानियाँ, गणेश बानियाँ, गमबहादुर पुन, दलबहादुर मिजार र कमल केसी रहेका छन् । सल्लाहकारहरुमा योगेन्द्रबहादुर बानियाँ, शिवनारायण श्रेष्ठ, पार्वती बानियाँ सुवेदी, पहलबहादुर खत्री, लक्ष्मी बानियाँ र अमृता बानियाँ केसी रहेको निर्वाचन समितिले जनाएको छ ।
IMG_0100
‘सङ्घीय संरचनामा कानुनी अधिकार र पेशागत पहिचान, व्यवसायिक मर्यादा र दक्षता अभिवृद्धि हाम्रो अभियान’ भन्ने नारासहित अधिवेशन आयोजना गरिएको थियो । अधिवेशनको उद्घाटन गर्दै नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसनका केन्द्रीय सहकोषाध्यक्ष लक्ष्मी बानियाँले राज्यले मालपोत कार्यालयमा सर्वसाधारणका लागि अनलाई सेवा शुरु गरेपनि त्यो प्रभावकारी हुन नसकेको बताइन् ।
IMG_0101
कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसनका केन्द्रीय सदस्य हरिप्रसाद पौडेलले लेखापढी गर्ने व्यवसायीहरुले आफ्नो दक्षता बढाउनुपर्ने बताउँदै समाजप्रतिको उत्तरदायित्व र जवाफदेहिता बहन गर्नुपर्ने बताए । जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख मालपोत अधिकृत कृष्णबहादुर बानियाँले लेखापढी व्यवसायलाई शुद्ध बनाएर सेवाग्राहीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
IMG_0095(2)
कार्यक्रममा नेपाल बार एशोसियसन म्याग्दीका प्रतिनिधि ठाकुरप्रसाद आचार्य, बालमन्दिर प्राथमिक विद्यालय डाँडाखेतका पूर्व शिक्षक रनबहादुर शाही, लेखापढी व्यवसायी खोजेन्द्रबहादुर मल्लले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला कार्यसमिति म्याग्दीका निवर्तमान अध्यक्ष शिवनारायण श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष लालबहादुर भण्डारीको स्वागत र सदस्य विष्णु गौतम सापकोटाको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।