म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानीस्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको बेनी तातोपानी शैक्षिक तथा धार्मिक महोत्सव श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको चौथो दिन ६ लाख ७५ हजार ५५७ रुपैयाँ संकलन भएको छ ।

आइतबार नन्दलाल अधिकारी १ लाख ११ हजार १११, सुबेदार मनबहादुर केसी क्षेत्री ५५ हजार ५५५, विद्यालयका प्रअ नोठ बहादुर बानियाँ ५१ हजार १११, बरंजा–५ का भविन्द्र कुमार कार्की २५ हजार ५५५, बेनपा–१३ प्रेम बहादुर कार्की २५ हजार ५५५, दिप बहादुर बानियाँ २१ हजार १११, चित्र बहादुर गर्बुजा २० हजार ५१ रुपैयाँ दान गर्नुभएको छ ।

चौथो दिनसम्म २१ लाख ६८ हजार ३६८ सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका उपाध्यक्ष कुमार केसीले बताउनुभयो । महायज्ञको आइतबार नन्दलाल अधिकारी, राजेन्द्र गिरी, नोठ बहादुर बानियाँ सभानायाक हुनुभएको छ । महायज्ञको प्रमुख कथावाचक बालव्यास पण्डित नारायणप्रसाद न्यौपानेले बाचन गर्नुभएको छ ।

महायज्ञबाट सङ्कलित रकमले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन, विद्यालयलाई भौतिक रुपमा सुविधासम्पन्न र आर्थिक रुपमा आत्मनिर्भर बनाउने, नमुना पुस्तकालय सञ्चालन गर्नेलगायतका योजनाहरु रहेको मुल संयोजक विरेन्द्रमान शाक्यले बताउनुभयो । आगामी १९ गतेसम्म सञ्चालन हुने महायज्ञको अवसरमा हरेक दिन योग विज्ञान शिविर, शालिग्राम परिक्रमा, पुजाअर्चना, भागवत् पाठ, झाँकी प्रस्तुत, कथावाचन तथा प्रवचन र भजनकिर्तनलगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको छ।