नेपाल बाल सङ्गठन म्याग्दीमा महत निर्वाचित

0

नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आइतबार बेनीमा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट नेत्रबहादुर महतको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको सदस्यहरुमा हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, विजयकुमार श्रेष्ठ, तुलसीलता श्रेष्ठ, एकेन्द्रबहादुर रावल, ज्ञानेन्द्र श्रेष्ठ र अनोद श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले नेपाल बाल सङ्गठन राज्यको सहयोगी संस्थाको रुपमा रहेर बालबालिकाको संरक्षण गर्दै आएको बताएका थिए । कार्यक्रममा साधारण सदस्यद्वय शिवकुमार श्रेष्ठ र दुर्गाराम सुवेदीले मन्तव्य राखेका थिए ।अधिवेशनको उद्घाटनसत्रमा संस्थाका सचिव विजयकुमार श्रेष्ठले प्रगति र कोषाध्यक्ष टंक हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम बाल सङ्गठन म्याग्दीका निवर्तमान सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता, उपसभापति सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव विजय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।