म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानीस्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको बेनी तातोपानी शैक्षिक तथा धार्मिक महोत्सव श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको पाँच दिनमा १७ लाख १७ हजार १३ रुपैयाँ संकलन भएको छ ।

सोमबार बेनपा–१३ मोहन बहादुर कार्की १ लाख १७ हजार १०१, बेनपा–१३ राक्सेका हर्क बहादुर बानियाँ १ लाख ११ हजार १११, बेनपा–१३ तातोपानीका गणेश बहादुर बानियाँ ५५ हजार ५५५, बेनपा–१३ पदम बहादुर बानियाँ ५५ हजार १११, बेनपा–१३का फत बहादुर शेरचन ५१ हजार १११, बेनपा–१३ हाल फ्रान्स देबेन्द्र केसी ५१ हजार १११, बेनपा–१३ लाल बहादुर, मनकुमारी खत्री ५१ हजार १११, बावियाचौर गाविस–२ सिमलचौरका चन्द्र बहादुर जिसि ५१ हजार १११, बेनपा–१३ राक्सेका कृष्ण बहादुर खत्री ५१ हजार १११, बेनपा–१३ मोहन बहादुर कार्की, बेनपा पाँचौ दिनसम्म ३८ लाख ८५ हजार ३८१ रुपैयाँ सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका उपाध्यक्ष कुमार केसीले बताउनुभयो ।

महायज्ञको आइतबार नन्द बहादुर अधिकारी, राजेन्द्र गिरी, नोठ बहादुर बानियाँ सभानायाक हुनुभएको छ । महायज्ञको प्रमुख कथावाचक बालव्यास पण्डित नारायणप्रसाद न्यौपानेले बाचन गर्नुभएको छ ।महायज्ञबाट सङ्कलित रकमले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन, विद्यालयलाई भौतिक रुपमा सुविधासम्पन्न र आर्थिक रुपमा आत्मनिर्भर बनाउने, नमुना पुस्तकालय सञ्चालन गर्नेलगायतका योजनाहरु रहेको मुल संयोजक विरेन्द्रमान शाक्यले बताउनुभयो । आगामी १९ गतेसम्म सञ्चालन हुने महायज्ञको अवसरमा हरेक दिन योग विज्ञान शिविर, शालिग्राम परिक्रमा, पुजाअर्चना, भागवत् पाठ, झाँकी प्रस्तुत, कथावाचन तथा प्रवचन र भजनकिर्तनलगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको छ।