(धु्रबसागर शर्मा)
म्याग्दीको बेनी नगरपालिका वडा नं ९ मा अवस्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा संचालित गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा ५ लाख १० हजारको लागतमा सोलार बत्ति र तातोपानी सोलार जडान गरी जेष्ठ नागरिकहरुलाई सुविधा उपलव्ध गराइएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष,जिल्ला विकास समिति र महिला तथा बालबालिका कार्यालयको आर्थिक सहयोगमा बृद्धाश्रममा आश्रय लिएका जेष्ठनागरिकहरुलाई सो सुविधा उपलब्ध गराइएको हो ।

जिविस म्याग्दी र गलेश्वर जेष्ठ नागरिक आश्रमको सहयोगमा १ लाख ६० हजारको लागतमा शोलार बत्ति र महिला तथा बालबालिका कार्यालय म्याग्दीको ५ लाख ५० हजारमध्ये ३ लाख ५० हजारमा तातोपानी सोलार जडान गरि आश्रममा लाश्रय लिएका बृद्धबृद्धाहरुलाई सुविधा उपलब्ध गराइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रवहादुर केसीले बताउनुभयो ।

अध्यक्ष केसीका अनुसार बृद्धबृद्धाहरुको कोठा र बैठक कक्षमा ४५ हजारको लागतमा कार्पेट,कुर्सी र टेबल पनि राखिएको छ । गलेश्वरधाम जेष्ठ नागरिक आश्रमलाई नेपालकै नमूना बृद्धाश्रमको रुपमा संचालन गर्ने अभियानमा गलेश्वर शिवालय क्षेत्र विकास समिति लागेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
चौबीसै घण्टा उज्यालो,जाडोमा तातोपानी र कोठामा कार्पेट सहित कुर्सी टेवल पाएपछि आश्रममा रहेका बृद्धबृद्धाहरु खुसी भएका छन् ।

विज्ञापन