तेस्रो राष्ट्रपति रनिङ शिल्ड: १५ सय मिटरको दौड विवादमा

0
410

म्याग्दीको बेनीमा मंगलबारदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय छात्र अन्र्तरगत १५ सय मिटर दौड विवादमा तानिएको छ । प्रतियोगिताको उद्घाटन लगत्तै सुरू गरिएको दौडमा न्यू वेष्ट प्वाइन्ट आवासीय मावि र बुद्ध एकेडेमी विच स्वर्ण पदकमा दावी प्रस्तुत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् अन्र्तरत सेवासुविधा प्रयोग गर्ने गरी दुई जनाका साथै नेपाली सेना र स्थानीय खेलाडीहरुको सहभागिता रहेको अफिसियलको कमजोर ब्यवस्थापनका कारण सुरुवातमा न्यु वेष्ट प्वाइन्टका ४५ नम्बर जर्सी र बुद्ध एकेडेमीका २० नम्बर जर्सीका खेलाडीको पक्षमा दुवै विद्यालका खेल शिक्षक मैदानमा उत्रिएका थिए ।

निकै अलमल र अन्यौलताका विचमा न्यू वेष्ट प्वाइन्टका दिप्सन श्रेष्ठलाई विजेता भएको सञ्चारकर्मीलाई अफिसियलमार्फत जानकारी गराएलगत्तै बुद्ध एकेडेमीले आफ्नो दावी प्रस्तुत गरेको छ । १५ सय मिटरको दौडको उपाधीको विवादका कारण १५ सय छात्रा विजेता बाहेक कुनैपनि नतिजा सार्वजनिक गरिएको छ । उद्घाटन खेल नै अफिसियलका कमजोर ब्यवस्थापन र प्रक्रियाबाट बाहिरिएका सहभागि समेत अन्तिम समयसम्म मैदानमै देखिनुले समेत विवाद बढेको असन्तुष्ट पक्षको भनाई छ । यसैविच खेल अवधिभरको भिडियो समेत फेला परेको अवस्थामा त्यसलाई आधार बनाउने सम्भावना समेत रहेको छ ।

भिडियोमा खेलको सुरुवात देखी अन्तिम समयसम्मको खेल रहेको बताइएपनि निर्णायकले त्यसलाई समेत आधार मान्ने सम्भावना रहेको स्रोतले जनाएको छ । खुल्लामञ्चको चारैतिर रहेका अफिसियलको फाइल र भिडियोको आधारमा बुधबार अन्तिम नतिजा सार्वजनिक गर्ने बताइएपनि न्यु वेष्ट प्वाइन्टले आफ्नो खेलाडीले विपक्षीलाई फराकिलो अन्तरले पछाडी पारेको दावी गरेको छ । विवादका विच १ सय र ४ सय मिटरको दौडको पदक वितरण समेत रोकिएको छ ।

कृष्ण कुमार बिश्वकर्मा
1 hr ·
आजको उदघाटनमा सबै हिसावले सहयोग गर्नुहुने,संघ/संस्था र सबै क्षेत्रका आदरणिय ब्यक्त्तित्व हरुमा जिल्ला खेलकुद विकास समितीको तर्फ वाट हार्दिक आभार ब्यक्त गर्दछु।र उद्घाटन खेल १५०० मिटर छात्र को दौडमा सामान्य विवाद देखिएको छ।र प्रोटेष्ट पनी परेको छ।हामी संग भिडियो छ,भोली सबैलाई देखाएर निर्णय लिने छौं।
कसैमाथी अन्याय हुनेछैन।
(सन्दर्भ:तेस्रो राष्ट्रपती कप-उद्घाटन,माघ १८ गते)