मलेसीयामा सम्पर्कविहिन भएका एक म्याग्देली फेला परेका छन् । बेनी नगरपालिका–१० तोरीपानिका २२ बर्षिय सुरेश दर्जी सम्पर्कविहिन भएको १७ दिनपछि फेला परेको मलेसियामा रहेका बेनपा–२ अर्जमका आषिश परियारले बताए । ‘खोजीकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ।उहाँ फेला परेको बारेमा परिवारलाई समेत जानकारी भइसकेको छ’ उनले भने ।परियार १७ दिन अगाडी कम्पनी र गत शुक्रबार बिहानदेखी परिवारबाट सम्पर्कविहिन भएका थिए । ३१ महिना अगाडी मलेसीयामा पुगेका थिए ।

सुरेश दर्जीकी श्रीमति विष्णुरत्न दर्जीले मलेसियामा रहेका नेपालीलाई खोजीकार्यमा सहयोग गर्न अनुरोध गरेकी थिईन । सम्पर्कविहिन परियार सम्पर्कमा आएपछि परिवारमा समेत खुसीयाली छाएको छ । मलेसियामा त्यहाँका प्रहरीका साथै अपराधिक ब्यक्तिको निशानामा समेत पर्ने गरेका छन् । कम्पनीबाट बेपत्ता भएपछि खोजीकार्यमा जुटेका परियारका साथीका साथै परिवारको अनुरोध बेनीअनलाइनमार्फत सम्प्रेसन गरिएको थियो ।