तातोपानी शैक्षिक महायज्ञमा ९१ लाखभन्दा बढी सङ्कलन

0

म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानीस्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको बेनी तातोपानी शैक्षिक तथा धार्मिक महोत्सव श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको अन्तिम दिन २९ लाख ३१ हजार संकलन भएको छ । महायज्ञमा तातोपानी कुण्डबाट ७ लाख, सांसद नवराज शर्मा र नरदेवी पुनको सांसद विकास कोषबाट २ लाख, भुपु भारतीय सेना दिर्घ बहादुर थापा २ लाख २ हजार १२, मुल संयोजक विरेन्द्रमान शाक्य १ लाख ५१ हजार १११ दान गरेका थिए ।

एकहप्तासम्म सञ्चालन भएको महायज्ञ ९१ लाख भन्दा बढी आर्थिक संकलन भएको मुल आयोजक समितिका उपाध्यक्ष कुमार केसीले जानकारी दिए । उनका अनुसार महायज्ञमा धान सहित अन्य सहयोगको विवरण आउन बाँकी रहेको बताउँदै लक्ष्य अनुसार आर्थिक संकलन भएको आयोजकले जनाएको छ । महायज्ञमा समाजसेवी टुङ्गलाल र उनकी धर्मपत्नी तारादेवी अधिकारीले तीनलाख मुल्य बराबरको डेढ रोपनी जग्गा दान गरेका थिए । बेनी–दरवाङ्ग सडक खण्ड अन्र्तरगत विद्यालयसंगै जोडिएको विद्यालयलाई दान दिएपछि महायज्ञमा खुसीयाली छाएको थियो ।

तत्कालिन समयमा सिंगा गाविस–४ का निर्वाचित वडा सदस्य समेत रहेका अधिकारी दम्पत्ती विद्यालयमा आयोजित महायज्ञमा सहभागि हुन चितवनको टाँडीबाट आएका थिए । महायज्ञमा करिव १ करोडको अपेक्षा सहित आर्थिक संकलन गरिएको थियो। विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन, विद्यालयलाई भौतिक रुपमा सुविधासम्पन्न र आर्थिक रुपमा आत्मनिर्भर बनाउने, नमुना पुस्तकालय सञ्चालन गर्नेलगायतका योजनाहरुलाई अगाडी बढाउन सहज भएको मुल संयोजक विरेन्द्रमान शाक्यले बताए ।

महायज्ञको प्रमुख कथावाचक बालव्यास पण्डित नारायणप्रसाद न्यौपानेले शिक्षाको ज्योती फैmलाउन गरिएको सहयोग दिर्घकालिन हुने बताए । उनले शैक्षिक र पुर्वाधार विस्तारमा भइरहेको महायज्ञबाट करोडौंको पूर्वाधार विस्तार भएको बताउँदै भावी सन्ततीका लागि समेत महायज्ञमार्फत सहयोग गर्नुपर्ने बताए । बुधबारसम्म सञ्चालन हुने महायज्ञमा हरेक दिन योग विज्ञान शिविर, शालिग्राम परिक्रमा, पुजाअर्चना, भागवत् पाठ, झाँकी प्रस्तुत, कथावाचन तथा प्रवचन र भजनकिर्तन सञ्चालन गरिएको थियो ।