न्यु वेष्ट पोइन्ट आवासीय माविले शैक्षिक सामाग्री वितरण गरेको छ । श्रीपंचमी (सरस्वति पुजाको) अवसर पारेर बेनी स्थित बाल मन्दिर प्राथमिक बिद्यालयमा अध्ययनरत १०९ जना छात्र छात्रालाइ बुधबार स्टेशनरी सामाग्री वितरण गरेको हो ।

वेष्ट पोइन्ट कक्षा १० ब्याच १७ को आयोजना र जुरेसको सह आयोजनामा सरस्वति पुजा गरि प्रसाद वितरण र सामग्री वितरण गरेको हो । कक्षा १० का तीनवटा सेक्सन का विद्यार्थीले एक दिनको खाजा खर्च कटाएर जम्मा पारेको रकम र जुरेसले समेत सहयोग गरेको संयोजक सज्जन श्रेष्ठ, सचिन पौडेल र गणेश रोकाले बताएका छन् । विद्यालयले शिक्षालाई समाज संग जोडेर लैजाने र प्रतिस्पर्धात्मक भन्दा पनि सहकार्य गर्दै जाने तर्फ बिद्यालय उद्दत रहेको छ ।

कार्यक्रममा शिक्षक तथा वेष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले कार्यक्रमको उद्धेस्य माथि प्रकाश पारेका थिए । शैक्षिक सामाग्री वितरण कार्यक्रमका संयोजक सज्जन श्रेष्ठको अध्यक्षता बाल मन्दिर प्राविका प्रधानाध्यापक र वेष्ट पोइन्टका सह प्राचार्य सरोज लकान्द्रिको बिशेष आतित्यथामा सम्पन्न कार्यक्रमको संचालन कक्षा १० कि छात्रा निरुता बढाथोकी र स्वागत सचिन पौडेलले गरेका थिए । कार्यक्रममा सरस्वती पुजाको प्रसाद समेत वितरण गरेको वेष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताएका छन् ।

विज्ञापन