म्याग्दी जिल्ला अस्पतालमा सञ्चालित डिजिटल एक्सरे मेशिनको स्थापनाले अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवाको अभियानमा सघाएको अस्पतालले जनाएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना हङकङको आर्थिक सहयोगमा कुल ११ लाख ४६ हजार ४०० रुपैयाँमा खरिद गरेर जडान गरी सञ्चालनमा ल्याइएको सिआर मेशिनबाट बिरामीलाई प्रत्यक्षरुपमा लाभ पुगेको अस्पताल प्रमुख डा. रोशन न्यौपानले बताए ।

हालै एक्सरे र आवश्यकताका बारेमा बुझ्न पुगेका मोना हङकङका अध्यक्ष इन्द्र एलजी मगरलाई एक्सरे जडान भएपछि अहिलेसम्म उपलब्ध गराइएको सेवाका बारेमा जानकारी गराइएको थियो । अवलोकनको क्रममा अध्यक्ष थापामगरलाई अस्पताल प्रमुख डा. न्यौपानेले मासिक करिव ५ सयभन्दा धेरैले एक्सरेबाट सेवा लिइरहेको र जटिल समस्या समेत सहजै पहिचान गर्न सकिएकाले गुणस्तरीय सेवामा सघाएको भन्दै धन्यवाद दिएका थिए ।

विगतमा एक्सरेको अभावकै कारण विरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने अवस्थालाई मध्येनजर गरेर मोना हङकङले बकम्प्युटेड रेडियोग्राफी एक्सरे मेशिनबाट उपलब्ध गराउनुका साथै अक्षय कोषको समेत स्थापना गरेको थियो । गरिब तथा विपन्न परिवार, ता भएका, लैङ्गिक, घरेलु एवं महिला हिंसापीडित लाई एक्सेर सेवा निशुल्क छ ।गम्भीर चोट लागेकालाई समेत पुरानो मेसिनले पहिचान गर्न नसक्दा केही समयलगत्तै चोट बल्झने गरेको थियो ।नयाँ मेशिन जडान भएपश्चात् मासिक ४ सय देखी ७ सयसम्म विरामीले सेवा लिएका छन् । पुरानो मेसिनलाई विस्थापितका साथै अन्य आधुनिक सेवाको समेत थपिएपछि सेवा लिनेको संख्या बढ्न थालेको छ ।

यसैविच एक्सेर सेवाको अवलोकन गरेपछि समान्य समस्याहरुलाई तत्कालै समाधान गर्ने गरी हङकङमा पुगेपछि बैठकमा प्रस्ताव गर्ने प्रतिबद्धता अध्यक्ष थापामगरे गरेका छन् । चन्द्रकुमार केसी अस्पताल विकास समितिको अध्यक्ष भएपछि अस्पतालमा साझा औषधी पसल सञ्चालन, डेन्टल सेवा सुचारु, प्रतिक्षालय तथा स्पेशल केयर युनिट निर्माणलगायत भौतिक व्यवस्थापन भएको थियो । दक्ष जनशक्तिसहित आधुनिक उपकरणको माध्यमबाट स्वास्थ्य सेवा प्रदान गरिएपछि अस्पतालमा उपचार गर्न र गराउन आउने बिरामीहरुको संख्यामा पनि भारी वृद्धि भएको अस्पतालले जानकारी दिएको छ ।

विज्ञापन