तेस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिताको आर्कषक खेल कवड्डीमा खेलाडीले नियम तोड्दा विवादित बनेको छ । सदरमुकाम बेनीका साथै जिल्लाका ग्रामिण क्षेत्रबाट समेत नियमित प्रशिक्षण गरी खेलमा सहभागि हुन आएका विद्यार्थीको उत्साहसंगै खेलाडीले खेलभित्र अपनाउनुपर्ने नियमलाई पालना नगरेको कारण बिहिबारको खेल सकिएपछि विद्यार्थी विच कुटाकुटको अवस्था सृजना भएको थियो ।

सदरमु्काम बेनीस्थित न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय मावि विचको खेलमैदानमै खेलाडी विच पटकपटक विवाद भइरहेको अवस्थामा खेल सकिएलगत्तै दुवै विद्यालयका सर्मथक विच जिल्ला खेलकुद विकास समिति तथा कवर्ड हलबाहिरको स्थीति मुडभेडको अवस्थामा पुगेको थियो ।

खेलाडीहरुलाई सम्बन्धित विद्यालयका खेल शिक्षकले सम्हालेर लैजोन क्रममा सर्मथक विच भएको झडपले खेलकुद विकास समितिले भाडामा लगाएको एक होटलले सटर समेत बन्द गर्नुपर्ने अवस्था आएको थियो । खेलाडी, सर्मथक संगै विद्यालयसंग सम्बन्धितहरुको गतिविधिका कारण केहीबेर तनावपुर्ण भएपछि प्रहरीले आसपासका क्षेत्रमा रहेका प्रहरीलाई समेत बोलाएर स्थीति समान्य बनाएको थियो । ‘खेल अराजक देखियो, यस्तो अवस्थाले खेलकुद क्षेत्र नै बदमान बनाउँछ’ एक सहभागिले बेनीअनलाइनलाई भने ।

खेललगत्तै विद्यार्थी विच लामो समयसम्म झगडा समेत हुनसक्ने भन्दै आगामी दिनमा आचारसंहितामा हस्ताक्षर तथा प्रतिबद्धता गराएर मात्रै खेल सञ्चालन गर्न समेत माग गरिएको छ । जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक कर्ण प्रधानका अनुसार खेलकुद गतिविधिलाई मर्यादित बनाउन खेलाडी, खेल शिक्षक सहित दर्शकको समेत भूमिका हुने बताए । कवड्डी खेलभित्र एउटा पक्षले अर्को पक्षलाई समात्ने, शरीरका विभिन्न भागका प्रहार गर्ने जता अराजक गतिविधिहरु समेत देखिएको भन्दै पटकपटक चेतावनी समेत दिने गरिएको थियो । जिल्लाका विभिन्न विद्यालयका खेलमा समते रगत समेत आउने गरी खेल भइरहेको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले केही खेलहरुमा अपेक्षा गरेभन्दा फरक दृष्यहरु देखिएको बताउँदै जिल्लाको खेलकुदलाई सभ्य र मर्यादित बनाएर देशभर सन्देश प्रवाह गर्न सहभागि विद्यालयको समेत महत्वपुर्ण जिम्मेबारी हरेको बताए । दक्षिण एसियामै निकै लोकप्रियता कमाएको खेल भारत र श्रीलकामा विषेश खेल लेखिन्छ । यसबर्ष जिल्ला खेलकुद विकास समितिले विद्यालय तथा जिल्लास्तरमा समेत प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरेको थियो । पहिलोपटक आयोजना गरिएको खेलमा अपेक्षा गरेभन्दा धेरै विद्यालयको सहभागिता रहेको छ ।

शुक्रबार क्वाटरफाईनलको खेल सहित बाँकी खेल समेत खेलाउनुपर्ने अवस्थामा बिहिबार देखिएको असहज परिस्थीतिबाट आयोजकले समेत शान्त बनाउन फरक रणनीति बनाइरहेको छ । विद्यालयस्तर तथा जूनियर समुह ९ जना खेलाडी मध्ये ७ जना मैदानमा उत्रिने गरेका छन् । समय अभावका कारण एउटा खेल २० मिनेटको खेलाइएको छ । जसमा अतिरिक्त समय ५ मिनेट थप गरिएको छ । छात्रछात्राको फाइनल खेल ४० मिनेट खेलाउन सकिने आयोजकले जनाएको छ । आयोजकले शान्त वातावरणमा खेल सम्पन्न गर्ने गरी सघाउन विद्यालय तथा दर्शकलाई समेत अनुरोध गरेको छ ।

Khem Kc
3 hrs •
खेल हेर्न आको कालिपुल मा ग्याङ्ग फाईट को देखियो त माउन्ट बोडिङ्ग र वेस्ट पोईन्ट बोडिङ्ग का विद्यार्थी बिच केहो यस्तो पारा ????????आयोजक मित्र हरु????????रास्ट्रपति कप हो कि रास्ट..कप हो?????