स्वर्गीय लोकेश बोगटीको ‘म त हिड्नुपर्ने मान्छे’को म्यूजिक भिडियो बजारमा

0

गीतकार स्वर्गिय लोकेश बोगटीको लोकप्रिय ‘म त हिड्नुपर्ने मान्छे’ गीतको म्यूजिक भिडियो बजारमा आएको छ । म्याग्दीका सक्रिय यूवा एवम् म्याग्दी प्रवासी नेपाली संघ मोना हङकङ, नेपाल हङकङ महासंघका महासचिव समेत रहेका बोगटीको २०७० साल पुष २९ गते हङकङमा निधन भएपछि डायरीमा रहेका रचनालाई परिवारले अडियो एल्बम रेकर्ड गराएपनि म्यूजिक भिडियो सार्वजनिक भएको थिएन् ।

स्वर्गिय बोगटीले निधन हुनुभन्दा केही दिन अगाडी बेनीअनलाइनसंग गरेको कुराकानीमा समेत आफ्नो पितालाई सर्मपित परेर गीति एल्बम सार्वजिनक गर्ने अन्तिम तयारीमा रहेको बताएका थिए । गीतकार एवम् यूवा साहित्यकार समेत रहेका स्वर्गिय बोगटीको गीतका चर्चिय गायक बाबु बोगटीले स्वर दिएका छन् । बेनीका म्यूजिक भिडियो निर्देशक भूपेन बानियाँले निर्देशन तथा मोडल सृजना क्षेत्रीको अभियन रहेको म्यूजिक भिडियोमा हिमालापारिको जिल्ला मुस्ताङको हिमपात सहितको दृष्यलाई समावेश गरिएको छ ।

‘मैले आफ्नै प्रयासमा छायाङ्कन गरेको छु । उहाँजस्तो यूवाको रचनालाई बजारमा ल्याउनुपर्छ’ निर्देशक बानियाँले भने ।उनले गीत सार्वजनिक भएको एकदिनमै स्वदेश तथा विदेशबाट राम्रो प्रतिक्रिया आएको बताउँदै सल्लाह, सुभाव अनुसार स्वर्गीय बोगटीका अन्य गीतहरुलाई समेत म्यूजिक भिडियोमार्फत बजारमा ल्याउने बताए । म्याग्दीका राजनीतिज्ञ एवम् शिक्षाप्रेमी ओम बहादुर बोगटीका कान्छा छोरा समेत रहेका स्वर्गीय बोगटीले आफ्नो विभिन्न रचनालाई पिताको सम्झनामा समेत सर्मपित परेका छन् ।

बेनीबजार सहित विभिन्न विषयलाई समेटेर तयार पारिएका गीतहरुलाई समेत परिवारसंग छलफल गरेर म्यूजिक भिडियोमार्फत बजारमा ल्याउने तयारीमा रहेका निर्देशक बानियाँले यसअगाडी बेनीका कलाकार नकुल ढकालको रोईला गित रुदै मेला पातमाको गीतले बिन्दुवासिनी उत्कृष्ट यूवा म्यूजिक अवार्डबाट समेत सम्मानित भएको थियो ।

स्वर्गीय लोकेश बोगटीको फाईल अन्र्तरवार्ता हेर्नुहोस् : जिल्लामा केही प्रोजेक्ट ल्याउने सोचले “मोना अन्तराष्ट्रीय समिती” गठन गरेका छौ (विशेष कुराकानी)