बेनी–दरवाङ सडकमा ८० करोड, पश्चिम म्याग्दीको विकासमा कोशेढुङ्गा सावित हुने

0
510

म्याग्दीको सदरमुकाम बेनी देखी पश्चिम जोड्ने बेनी–दरवाङ सडकखण्डको कालोपत्रे र स्तरउन्ततीमा ८० करोड बजेट विनियोजन हुने भएको छ ।सदरमु्काम बेनी देखी दरवाङ हुदै ताकमको धारापानीसम्मको सडकस्तरउन्नती सहित कालोपत्रेका लागि अर्थमन्त्रालयले बहुबर्षिय ठेक्कामा लैजान स्वीकृती दिएको हो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले रणनैतिक सडकमा समावेश गरी बहुबर्षिय ठेकका तथा आवश्यक बजेटका लागि यसअगाडी प्रस्ताव गरिएको १८ करोडको बजेट स्वीकृति भएपनि सडक कालोपत्र गर्न बजेट अपुग हुनुका साथै पश्चिम म्याग्दीका विभिन्न गावि र छिमेकी जिल्ला बागलुङ र रुमुकका केही गाविसबासीको समेत पहुँच हुनेगरी सडक विस्तार र स्तरउन्नतीका लागी ८० करोडको बजेट प्रस्तावमा अर्थमन्त्रालयले स्वीकृति प्रदान गरेको प्रधानमन्त्री स्वकिय सचिवालयका शाखा अधिकृत पुनम खड्काले बेनीअनलाइनलाई बताए ।

‘पश्चिम म्याग्दीको विकासमा यसले कोशेढुङ्गा सावित भएको छ । जिल्लाभरको सडक सहितका योजनाहरुका बारेमा केन्द्रमा छलफल भइरहेको छ’ खड्काले भने । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीन बहादुर श्रेष्ठले पश्चिम म्याग्दीको विकासमा आवश्यक बजेट विनियोजन गर्न महत्वपुर्ण भूमिका खेलेको समेत उनले बताए । सडक सहित आवश्यक पुर्वाधार विस्तारमा पछाडी रहेको पश्चिम म्याग्दीलाई प्राथमकिताका साथ योजनामा समावेश गर्न उपाध्यक्ष श्रेष्ठले योजना आयोगमा पुगेलगत्तै निरन्तर सक्रियता देखाएका थिए ।

यसअगाडी अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका अनुसार २९ किलोमिटर कालोपत्रे, स्तरउन्नतीका लागि सडकको लागत इस्टमेट अनुसार १८ करोड ५५ लाखको स्वीकृतिका लागि समेत अर्थमन्त्रीलाई समेत निरन्तर पहल गरिएको थियो । बहुबर्षिय योजनामा ठुलो बजेट विनियोजन हुने भएपछि त्यसक्षेत्रका बासिन्दा उत्साहित भएका छन् । सडकखण्डको नाम बेनी–दरवाङ उल्लेख गरिएपनि तीनबर्षभित्र सम्पन्न गर्ने गरी केहीदिनभित्र नै टेन्डर सहितको प्रक्रिया अगाडी बढाउने विषयमा समेत सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीसंग समेत छलफल भएको स्रोतले जनाएको छ । जिल्लामै धेरै सवारी दुर्घटना हुने सडक समेत रहेको बेनी–दरवाङको स्तरउन्नतीका लागि विगतमा समेत पहल भएपनि आवश्यक बजेट विनियोजन हुन सकेको थिएन् ।

सडकखण्ड अन्र्तरगत बेनी खानेपानी उपभोक्ता संस्था देखी माथिल्लो मंगलाघाटसम्म कालोपत्रे भइसकेको छ ।म्याग्दीका विभिन्न गाविसका साथै छिमेकी जिल्लाका बागलुङको निर्वाचन क्षेत्र–३ मा पर्ने तमान गाविस, खुनखानी गाविस लगाएतका बस्तीका साथै रुकुम जिल्लाका केही गाविसबासीले समेत प्रयोग गर्ने बेनी–दरवाङ सडकखण्डको मर्मतसम्भारका साथै स्तरउन्नतीका लागि जिविस अन्र्तगतको ड्रिलिपमार्फत सडकको स्तरउन्तीको प्रयास भएपनि बालुवामा पानी हालेजस्तै भएपछि पश्चिम म्याग्दीमा जनताहरू ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य थिए ।

सडक विभाग मार्फत सडकखण्ड अन्र्तरगत पर्ने बेनी नगरपालिकाका विभिन्न बजारका साथै बावियौचार, कुहुँ, अर्मन, बरंजा, दरवाङ, निस्कोट, ओखरबोट, रुम, देविस्थान, ताकम, बिम, मराङ, मल्कवाङ, कुईनेमंगले गाविसका केही भागका साथै मुना, लुलाङ, मुदी गाविसका साथै दुई छिमेकी जिल्लालाई जोड्ने रणनीतिक सडकको रुपमा प्राथमिकतामा राखेर विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । २०५५ सालबाट ट्याक खोल्न सुरु गरिएको सडकले २०६४ सालमा पूर्णता पाएको थियो ।

गतबर्ष बेनीबाट कालोपत्रेको कार्य सुरू भएपनि बहुबर्षिय ठेक्काको अन्यौताले म्याग्देली निरास थिए । निजी र सार्वजनिक यातायातमा करिव साढे दुईघन्टा लाग्ने सडक फराकिलो र कालोपत्र गरिए आधाघण्टाको पुग्न सकिन्छ । सडक कालोपत्रे र स्तरउन्नती भए छिमेकी जिल्ला रुकुम जोड्ने सबैभन्दा छिटो सडकको रुपमा समेत प्रयोग गर्न सकिने प्राविधिक प्रतिवेदनमा उल्लेख छ । यसैविच दरवाङ, देविस्थान, धारापानी ताकम, ढोरपान जोड्न डिपिआर तयार गर्नका लागि सुचिकृत भएको छ । डिपिआर तयारका लागि सडक सुचिकृत भएपछि केहीदिनमै प्राविधिकको टोलीले स्थलगत अनुगमन तथा प्रतिवेदन तयार गरेलगत्तै आवश्यक बजेटका लागि पहल हुने छ ।
Poonam Khadka with Puskar Bk and 9 others.
2 hrs ·

आज माओबद केन्द्र म्याग्दीको पहल मा बेनि दर्बाङ सडक को लागि आज अर्थमन्त्री बाट रु ८० करोड को बहुबर्सिय सहमती प्रदान गर्नु भयको छ। उक्त सडक 30. किलोमिटर अर्थात धारापानीनी सम्म कालो पत्र र स्थर उन्नतिका गरि ने छ ।