बेनी तेस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय छात्रछात्रा प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले आयोजना गरेको प्रतियोगिता अन्र्तरगत २०७१, २०७२ र २०७३ मा सम्पन्न भएको प्रतियोगितामा सहभागि अन्य विद्यालयलाई पछाडी पादैं न्यु वेष्ट प्वाइन्ट आवासीय मावि प्रथम भएको छ । प्रतियोगितामा न्यु वेष्ट प्वाइन्टले एथलेटिक्समा १५५ अंक, भलिबल छात्रा ४२, कवड्डी छात्रछात्रा ६३ सहित कुल २६० अंक जोड्न सफल भएको थियो ।

प्रतियोगितामा बेनी हिलसाइटको माउण्ट एभरेष्ट आवासीय माविले एथलेटिक्समा, भलिबल छात्रा कवड्डी छात्रा गरी कुल १ सय २६ अंक सहित उपविजेता भएको छ । सदरमुकाम बेनीका विजेता र उपविजेताको उपाधी उचाल्दै गरेको अवस्थामा महेन्द्ररत्न मावि बरंजाले एथलेटिक्समा भलिबल छात्रा, कवड्डी छात्रा गरी १ सय १० अंक सहित तेस्रो भएको छ ।प्रतियोगितामा प्रकाश माविले एथलेटिक्स तर्फको विधामा ६५ अंक जोड्दै चौथो भएको थियो । जिल्लाभरका निजी तथा सामुदायिक विद्यालय गरी ४१ को सहभागिता रहेको प्रतियोगितामा २६ विद्यालयले प्रतियोगितामा अंक बटुल्न सफल भएका छन् ।