७ महिनाका मुटुरोगी बालकको उपचारमा परिवारको विलौना

0
264

म्याग्दी जिल्लाको कुहुँ–६ तुसारेपानीका ७ महिने बालक विस्वान विकको मुटुमा समस्या देखिएपछि उपचारमा परिवारले सहयोगको विलौना गरेका छन् । जन्मिएको केहीमहिना देखी विरामी भएका बालकको नियमित उपचारको क्रममा मुटुमा दुईवटा समस्या भएकाले बताएपछि उपचारमा आवश्यक सहयोगको अनुरोध गरेका हु्न् ।

‘घरमा केही छैन, भएको पैसा समेत मेरो उपचारमा खर्च भयो । श्रीमानको कमाईले घरखर्च समेत पुग्दैन‘ विस्वानकी आमा जुना विकले रुँदै्र विलौना गरिन् ।तीनवटा छोरा र १ छोरी मध्ये विस्वान कान्छा छोरा हु्न् । कुहूँ स्वास्थ्य चौकीमा जन्मिएको केहीदिनमै विरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल बेनीमा पु¥याएको बताउँदै जुनाले मुटुमा समस्या देखिएपछि पोखरा हुदै काठमाण्डौसम्म पुगेको बताईन् ।

‘मेरो पनि मुटु दुख्छ, नियमित औषधी खाइरहेको छु’ जुनाले भनिन् । सुत्ने बेलामा रुने, सास फेर्न समेत मुस्किल हुने गरेको छोराको अप्रेसन निशुल्क हुने भएपनि यातायात, काठमाण्डौमा होटल लगाएतको खर्च समेत नभएको बताईन् । श्रीमान बेल बहादुर ‘नेत्र’ विकको समेत बैदेशिक रोजगारको क्रममा यूएईमा दुर्घटना भएर त्यहाँ पुगेको ७ महिनामै घर फर्किएपछि आरा काट्ने काम गर्दछन् ।

अपाङ्ग अवस्थामा घर फर्किएका नेत्रले छोराको उपचारमा सहयोगी भूमिका खेल्न अनुरोध गरे ।आँखाभरी बररर आँसु निकाल्दै नेत्रले भने,‘छोराको उपचार भए मेरो कमाईले परिवार पाल्छु ।’सामान्य विरामी हुदाँ समेत जिल्ला अस्पताल देखी काठमाण्डौसम्म लैजानुपर्ने समस्या रहेको बताउँदै अहिलेसम्म डेढलाख भन्दा धेरै खर्च भइसकेको छ ।

शहिद गंगालाल हृदयरोग केन्द्रमा आमा र छोराको उपचारका लागि आवश्यक कागजात बनाइरहेका विक परिवारले उपचारसम्म आवश्यक खर्चको अपेक्षा गरिएको बताए । १५ बर्षमुनीका बालबालिकाको अप्रेसन निशुल्क हुने भएपनि नियमित चेकजाँच, खानेबस्ने लगाएतका खर्च सम्म धेरै हुन्छ । निम्न बर्गीय परिवारको उपचारमा सहयोग जु्टाइरहेको शान्ति कोष र काठमाण्डौमा रहेमा रहेका कुहुँबासीको आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।