प्रेस चौतारी नेपालको १९औं स्थापना दिवसको अवसर पारेर म्याग्दी शाखाले आयोजना गरेको ‘सङ्घीय संरचनामा म्याग्दी’ विषयक अन्तत्र्रिmया तथा पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले स्थापना गरेको अक्षयकोषबाट प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारमार्फत जिल्लाका अग्रज पत्रकार सुरत केसीलाई सम्मानित गरिएको छ । १९औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी म्याग्दी शाखाले केसीलाई नगद पाँचहजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष, रुप्से दैनिकका प्रकाशक, म्याग्दीकाली एफएमका सम्पादक र गोरखापत्र राष्ट्रिय दैनिकका तत्कालीन म्याग्दी संवाददाता समेत रहेका केसीलाई नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सुर्य थापा, सांसद नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र प्रेस चौतारी म्याग्दीका अध्यक्ष मालती खत्रीले पुरस्कार प्रदान गरेका थिए । केसी वि.सं. २०५८ सालदेखि म्याग्दी जिल्लाको पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव गोरखनाथ सुवेदीले ‘सङ्घीय संरचनामा म्याग्दी, सम्भावना र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिएभने गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र कृष्ण जिसीले उक्त कार्यपत्रमाथी टिप्पणी गरेका थिए । कार्यक्रममा सङ्घीय संरचनामा म्याग्दीको अवस्था र गाउँपालिकाको केन्द्रलगायतका विषयमा अन्तत्र्रिmया र छलफल समेत गरिएको थियो ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष तथा ४ नम्बर प्रदेशका इन्चार्ज गणेश पाण्डे, निवर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, सम्मानित व्यक्तित्व तथा पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष सुरत केसीले मन्तव्य राखेका थिए । कार्यक्रम प्रेस चौतारी म्याग्दीका अध्यक्ष रुद्रकुमारी खत्री (मालती)को अध्यक्षता, उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको स्वागत र सचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

विज्ञापन