यूवा संघ नेपाल जिल्ला कमिटि म्याग्दीका अध्यक्ष प्रविण शाहीले यूवाहरु विदेश पलायनको असर खेलकुदको क्षेत्रमा देखिन थालेको बताएका छन् । मंगलबार देखी आयोजना गर्ने गाविस तथा नगर वडास्तरीय भलिबल प्रतियोगिताको खुल्लामञ्चमा हुने प्रतियोगिताको तयारी बारेमा प्रतियोगितास्थलमा गरिएको पत्रकार सम्मेलनमा वडा तथा गाविसस्तरबाट पुरुष २५ र महिला १० टिम सम्पर्कमा आएको संघका अध्यक्ष प्रविण शाहीले बताए ।

‘उत्कृष्ट मानिएका खेलाडीहरुले पासर्पोट लिएर काठमाण्डौ पुगेका छन् । केही जाने तयारीमा छन’ उनले भने । यूवाहरुलाई खेलकुदमा आर्कषित गर्न हरेकबर्ष करिव १० लाखको खर्चमा प्रतियोगिता गर्ने गरिएको अवस्थामा जिल्लामा राम्रा मानिएका खेलाडीहरुको भविस्य खेलकुदमा टिकाउनु चुनौतीपुर्ण भएको समेत बताए ।

उनका अनुसार प्रतियोगितामा पुरस्कार, प्रचारप्रसार लगाएतमा करिव ९ लाख खर्च अनुमान गरिएको बताउदै जिल्लाको खेलकुदको बिकासमा आगामी दिनमा समेत प्रतियोगितालाई निरन्तरता दिने बताए । ग्रामिण क्षेत्रबाट यूवाहरु विदेश पलायन तथा अन्य खेलकुद मेलामा समेत सहभागि भइरहेकाले अपेक्षा गरे अनुसारको सहभागितामा समस्या भएपनि सम्पर्कमा आएका गाविस तथा वडाबाट प्रतिनिधित्व हुने संघले जनाएको छ ।

नेकपा एमालेको यूवा संगठन समेत रहेको यूवा संघले प्रतियोगितामा जिल्लाका सबैजसो गाविसमा प्रचारप्रसारका साथै सहभागिताका लागि पत्रचार गरिएको छ । मंगलबार दिउँसो हुने उद्घाटनको प्रमुख अतिथि नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा रहेको संघका उपाध्यक्ष एवम् भलिबल प्रतियोगिताका मुल संयोजक बाबुराम चोखालले बताए ।

पत्रकार सम्मेलनमा यूवा संघ म्याग्दीका निर्वतमान अध्यक्ष दिनेश केसी लगाएतको उपस्थिती रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ पुरस्कार क्रमश प्रथमलाई ७७ हजार ७७७, द्धितिय ४४ हजार ४४४ र महिला तर्फ प्रथम ५५ हजार ५५५, द्धितिय ३३ हजार ३३३ रहेको छ । प्रतियोगितामा भलिबल अन्र्तरगतका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई सम्मान सहित पुरस्कारको ब्यवस्था रहेको संघले जनाएको छ । प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुने छ ।

विज्ञापन