(सन्तोष गौतम)
म्याग्दीको ताकम ८ शिवाङमा रहेको हेम माविमा विद्युतीय पुस्तकालय स्थापनाका लागि प्रवासमा रहेका पुर्व विद्यार्थीहरुले आर्थिक स्रोत जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना), नेपाल पुस्तकालय फाउण्डेशन र जिल्ला शिक्षा कार्यालयको सहकार्यमा सञ्चालित विद्युतीय पुस्तकालय अभियानमा पुर्व विद्यार्थीहरुले एक लाख रुपैया २९ हजार ७६२ रुपैया सहयोग जुटाएका हुन् ।

विद्युतीय पुस्तकालयको सफ्टवेयर खरिदका लागि पचहत्तर हजार रुपैया खर्च हुने र बाँकी रकम कम्प्युटर तथा ईन्टरनेट जडानमा परिचालन गर्ने योजना रहेको हाल कतारमा रहनुभएका बालकृष्ण आचार्यले बताउनुभयो । सहयोग संकलन अभियानको संयोजन गरिरहनुभएका आचार्यका अनुसार सबैभन्दा ताकम ९ काफलडाँडा घर भई हाल कतारमा रहेका युवाहरुले बिस हजार रुपैया सहयोग घोषणा गरेका छन् ।

विद्यालयका शिक्षक र स्थानीयबासिन्दाहरु पनि विद्युतीय पुस्तकालय स्थापनाका लागि सहयोग संकलनमा जुटेका छन् । सामुदायीक विद्यालयमा विद्यार्थीको पढाईप्र्रती रुची बढाउन र सिकाई उपलब्धि वृद्धी गर्ने उद्देश्यले प्रवासीको अगुवाईमा पहिलो चरणमा म्याग्दीका दश वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना भएको छ । थप १८ वटा विद्यालयमा स्थापना हुने क्रममा छ ।

विज्ञापन