बेनी–जोमसोम सडक तीन अर्बमा स्तरवृद्धि र कालोपत्रे

0

म्याग्दीको सदरमुकाम बेनीदेखि हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक कालोपत्रे र स्तरवृद्धि हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले बेनी–जोमसोम सडक स्तरवृद्धिका लागि तीन अर्ब पाँच करोड रुपैयाँ लागतको आायोजना सुरु गरेको हो । ७८ किलोमिटर दुरीको सडकलाई फराकिलो बनाइ कालोपत्रे गर्नका ठेक्का प्रक्रिया सुरु गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । यही आर्थिक वर्ष २०७३७४ बाट चार खण्डमा विभाजन गरेर आयोजनाको काम हुने भएको छ ।

सुवेदीका अनुसार दस मिटर फराकिलो र दुई लेनको हुने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने भएको छ । माघ दोस्रो हप्ता ठेक्का प्रक्रिया सुरु भएको आयोजनाको काम आगामी तीस महिनामा सक्ने लक्ष्य छ । आयोजना अन्तरगत विभिन्न ठाउँमा रहेका बेलीब्रिज विस्थापित गरी मोटरेबल पक्की पुल निर्माण गर्ने योजना छ ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तर्गतको म्याग्दी–मुस्ताङ खण्डको काम गर्न सञ्चालित आयोजनाको कार्यालय जोमसोममा स्थापना भएको छ । हाल कच्ची अवस्थामा रहेको बेनी–जोमसोम सडक वि.सं. २०६४ मा नेपाली सेनाले ट्रयाक खोलेर वि.सं. २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । संघीय संरचना अनुसार प्रदेश नम्बर ४ को भाग्यरेखा मानिएको यो सडकले पुर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्युत, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताए ।

sf]/nf gfsfdf tf/af/ / k|j]zåf/
lxdfnkfl/sf] lhNnf d’:tfªl:yt sf]/nf gfsfdf rLg ;/sf/n] cfˆgf]tkm{ nufPsf] tf/af/ / k|j]zåf/ . tl:a/ M jf;’b]j kf}8]n, kf]v/f, /f;;

जोमसोम–कोरला सडकमा पनि तीन अर्ब
यसैगरी तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको एक सय १० किलोमिटर दुरीको जोमसोम–कोरला सडक स्तरवृद्धिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएका छन् । सडकलाई ११ मिटर फराकिलो र नाली बनाउने तथा विभिन्न ठाउँमा पुल र पर्खाल बनाउने कामका लागि सातवटा खण्डमा विभाजन गरिएको छ । copyright सन्तोष गौतम/कारोबार दैनिक