बुद्धिमायाँको घर लुटपाटमा संलग्न विजयराज भण्डारी प्रहरी फन्दामा

0

उत्तरी म्याग्दीको दाना गाविसमा एक बृद्धा लुुटपाटमा संलग्न भई फरार भएका एक अभियुक्तलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । दाना–२ मा बुद्धिमायाँ बुढाथोकीको घरमा लुटपाट गरेर फरार भएका कास्की उपनगरपालिका–५ पस्याङका २१ बर्षिय विजय श्रेष्ठ भन्ने विजयराज भण्डारीलाई प्रहरीको एक टोलीले पर्वतबेनीबाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बेनीअनलाइनलाई बताए ।

खुकुरी देखाई हातखुट्टा बाँधी घर भित्र प्रवेश गरी ४० हजार नगद, सुन र मोवाईल गरी २ लाख ४० हजार फरार भएका प्रमुख योजनाकार दरवाङ–७ मन बहादुर रोका, मल्कवाङ–४ का ३१ बर्षिय छक प्रसाद छन्त्यालले दिएको बयानका आधारमा प्रहरीले खोजीकार्य गरिरहेको थियो । जिल्लामा करिव आधादर्जन ठुला चोरीमा संलग्न रहेका खिम भनिने मन बहादुर पक्राउ परेपछि चोरीका घटनामा प्रहरीले ठुलो सफलता हात पारेको थियो ।

दानामा छिमेकीको घरमा समेत अवरोध गरी सर्च लाईट, माक्स सहित चोरीमा सजिलो हुने उपकरणहरू प्रयोग गरेर चोरीमा संलग्न भएकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पेस्तोल सहित घरेलु हतियार प्रयोग गरेर चोरीकार्यमा संलग्न रहेका रोकाले चोरी गर्ने स्थानको ६ देखी १५ दिनसम्म नियमित निगरानीमा प्रयोग गरिएका सवारीसाधनहरूलाई समेत प्रहरीको नजरमा नपर्ने गरी विभिन्न स्थानमा राख्ने गरेका थिए । प्रहरीले पक्राउ परेका भण्डारीबाट जिल्लाभित्र भएका अन्य चोरीमा समेत संलग्न हुनसक्ने भन्दै कनेक्सन खोजीरहेको छ ।

०७२ पुष ३ गते राती हतियार सहित समुहमा आएका लुटेराले स्थानीय जंग बहादुर पुर्जा र चित्रकुमारी पुर्जाको घरमा लुटपाट गरी फरार भएका रोका सहितको टोलीलाई प्रतिकार गर्दा स्थानीय ४० बर्षिय बेगप्रसाद रोका घाईते भएपछि प्रहरीले सुरु गरेको अनुसन्धानको क्रममा दाना हुदै बेनी नगरपालिका–६ स्थित पेट्रोल पम्पमा १ लाखभन्दा धेरै नगद चोरीमा संलग्न भएको अवस्थामा समातिएपछि प्रहरीले पुराना घटनामा समेत सफलता मिलेको थियो ।