जनतासंगको सहकार्यमा अपराधिक घटनामा कमी

0

जनताले प्रहरीलाई सहयोग गरेको कारण म्याग्दीको घार गाविस आसपासका क्षेत्रमा अपराधजन्य गतिविधिमा कमी आएको एक कार्यक्रमका सहभागिले बताएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घार गाविस–५ स्थित कोट मन्दिरको प्राङ्गनमा आयोजित सार्वजिनक सुनुवाई कार्यक्रममा समाजमा शान्ति स्थापना गर्न प्रहरीको एक्र्लै प्रयासले असम्भव भएको भन्दै घार गाविसमा जनताको सहभागिता र सहयोगमा अपराधजन्य गतिविधिमा कमी आएको बताइएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सोभाखर पोख्रेलले जिल्लामा शान्ति सुरक्षा, कानुन विपरितका गतिविधिलाई निरुत्साहित गर्न स्थानीयको पहलकदमी आवश्यकता रहेको बताएका थिए । सोही अवसरमा प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जनताको सहभागितामा प्रहरीले जिल्लाभर अपराधिक घटनाको न्यूनिकरण गर्ने अभियान सञ्चालन गरिरहको बताउँदै जिल्लाकै प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको घार गाविसका आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि समेत स्थानीयको सक्रियता आवश्यकता रहेको बताए ।

उनले जनताको सहभागिता रहेको क्षेत्रमा अपराधजन्य गतिविधि सुन्य रहेको स्मरण गराउँदै घार गाविसका जनताको सहभागिताबाट समेत उत्साहित भएको बताए । कार्यक्रममा स्थानीय आमा समुह, यूवा क्लव, यातायात ब्यवसायी, शिक्षक लगाएतको १ सय १३ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता गाविस सचिव बाबुराम भटराईले गरेका थिए । सोही अवसरमा म्याग्दी जीप तथा बस सञ्चालक समितिका बरिष्ठ उपाध्यक्ष लाल बहादुर थापा लगाएतले मन्त्ब्य राखेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाभर सार्वजिनक सुनुवाई कार्यक्रम मार्फत जनता संग सहकार्य गर्ने गरेको छ ।