हिमपहिरोमा पुरियो फुलप्रसादको रंगीन सपनाहरू

0

२०४० साल असोज २७ गते म्याग्दीको कुहुँ–१ पू्रर्णगाउँमा भिमदेवी को कोखबाट फुलप्रसाद अर्मजा जन्मिएपछि घरमा खुसीयाली मनाए । दशैंको फुलपातीको दिन परिवारकै कान्छो छोराको रुपमा जन्मिएका फुलप्रसादको खवर लिएर बुबा चन्द्र बहादुर र परिवारका अन्य सदस्यले गाउँघरमा दशैंको शुभकामनासंगै खुसीयाली मनाएको दिन अर्मजा परिवारलाई ताजा जस्र्तै लाग्छ ।

फुलप्रसादले धर्तीमा पाईला टेकेको दिनको खुसीलाई ३२ बर्षको उमेरमै मेटिएको छ । भारतीय सेनामा कार्यरत रहेका फुल प्रसाद कहिल्यै घर नफर्कने गरी निदाएसंगै परिवारको हजारौं खुसी नदेखिने गरी मेटिनुका साथै नफर्कने गरी चुँडिएको छ । गत माघ १३ भारत र पाकिस्तानको सिमा क्षेत्रमा पर्ने कश्मीरमा परेको हिमपातमा गम्भीर घाईते भएका अर्मजाको माघ २५ गते उपचारको क्रममा निधन भएपछि परिवारका सुन्दर र रंगीन सपनाहरुमा कालो बादल पोतिएको छ ।

१४ देखि भारतीय सेनामा कार्यरत अर्मजा सहित सुरक्षामा खटिएका १४ जना भारतीय सेना हिमपहिरोमा परेका थिए । भारतीय मुलका २ नेपाली भाषि सहित १४ जनामध्ये अर्मजालाई घाईते अवस्थामा उद्धार गरिएपनि अन्तिम समयमा अस्पतालमा निधन भएको त्यहाँ कार्यरत नेपालीलाई उद्धित गदैं अर्मजाका दाजु गोविन्द अर्मजाले बताए । ‘कान्छो भाईलाई गुमाउनुपरेको छ, सुरक्षामा खटिएको अवस्थामा एक्कासी हिमपहिरो आएको जानकारी प्राप्त गरेका छौं’ उनले भने । उपचारको क्रममा निधन भएका अर्मजाको शुक्रबार अन्त्यष्टी गरिएको छ ।

भारतीय सेनाको विषेश सलामीमा अर्मजा सहित हिमपहिरोमा परेका भारतीय सेनाको अन्त्यष्टी गरिएको परिवारले जनाएको छ । हिमपहिरोमा परेपछि भारतीय सेनाको विषेश टोलीले उद्धार गरेको थियो । दशैंतिहारमा घर विदामा आएका अर्मजाको निधनले परिवार शोकमा डुवेको छ । छिमेकी पाकिस्तानसंगको यूद्ध र हिमपहिरोको त्रासमा दिन विताउनुपर्ने नेपालीले जोखिम मोलेर हिमपहिरो आसपासका क्षेत्रमा समेत आफ्नो नियमित उपस्थिति देखाउनुपर्ने बाध्यता रहेको समेत परिवारको भनाई छ ।

घर विदामा आएको बेलामा सामाजिक कार्यमा समेत सक्रिय रहेन गरेका स्वर्गिय अर्मजाले गाउँकै राष्ट्रिय जनजागृति माविबाट प्राथमिक तह र दिपशिखा माविबाट एसएलसी दिएका थिए । उच्च शिक्षाका लागि पोखराको पिएन क्याम्पसमा भर्ना भएका अर्मजा त्यहाँबाट भारतीय सेनामा भर्ती भएका थिए । मिलनसार र सहयोगी भावनाका अर्मजाको निधनले उनका सहकर्मीका साथै पुर्णगाउँ नै शोकमा डुवेको छ । भारतीय सेनाबाट आवकाश लिएपछि पिताजस्तैे सामाजिक कार्यमा सक्रिय रहने बताउँदै आएका अर्मजाका अनगिन्ती सपना हिमपहिरोले खोसेको छ ।