धु्रबसागर शर्मा

नेपालका ७५ जिल्लामध्ये पर्यटकीय गन्तव्यको सर्वश्रेष्ठ (प्रथम श्रेणी) मा पर्न सफल म्याग्दीमा अथाहा र अन्य जिल्लामा नभेटिने सम्बन्ध÷उत्पादनहरु रहेका भएपनि ती सम्भावनाहरु अलपत्र अवस्थामा पुगेका छन् ।

पर्यटकीय सम्बन्ध,उत्पादन,स्रोत,सौन्दर्य र सामथ्र्यको विकास र प्रचारप्रसारका लागि सरकारी निकायले गरेको वेवास्ताका कारण ती संभावनाहरु अलपत्र अवस्थामा रहेका हुन् ।नेपालको एक मात्र शिकार आरक्षण– ढोरपाटन शिकार आरक्षण,खच्चर प्रजनन् (नश्ल) उत्पादन गर्ने केन्द्र, विश्वकै सबैभन्दा गहिरो गल्छी,तातोपानी कुण्डहरू, सिंगा, भुरुङ, मोदी, गुर्जा र दशनाम यहाँ पर्छन् । तातोपानीमा नुहाउन देश विदेशका हजारौँ पर्यटक यहाँ आउने गर्छन् ।

ko{6s lxdfn cjnf]sg
nf]GnL Knfg]6n] ;g @)!& sf] nflu g]kfnsf b; pTs[i6 ko{6sLo uGtJodf ;dfj]z u/]sf] DofUbLsf] ko{6sLo k’glxnaf6 dgf]/d lxdz[ªvnfsf] cjnf]sg ub}{ ko{6s . tl:a/M sdn vqL, DofUbL,/f;;

अति सुन्दर धवलागिरि हिमशृङ्खला, एकराते तथा रुप्से छहराहरू, गुराँसको गलैँचा– घोडेपानी, पुनहिल, कुइने–मङ्गले, मल्कावाङ,मच्छिम (तामा र फलाम) खानी, नारच्याङ– (अतिसुन्दर भ्यू प्वाइन्ट) देखि जलजला (मीडो)÷गुर्जा खानी, बेनीदेखि धवलागिरि आइसफल, बेनीदेखि रुम तमान सोलेको धुरी, नाउर, झारल, बदेल शिकार गर्नेदेखि हनिहण्टिङ, प्रसिद्ध गलेश्वर धार्मिक धाम, पुलस्त्य आश्रम, राखुकोटदेखि मालिकाको धुरी, जलक्रीडाका लागि कालीगण्डकी, म्याग्दी खोला र रघुगङ्गा, जस्ता थुप्रै आकर्षक र मनोरम पर्यटकीय सम्पदा रहेका छन् ।

यति धेरै पर्यटकीय सम्पदा रहेर पनि म्याग्दीवासीले जिल्लाको पहिचान स्वदेश तथा विदेशमा जति प्रचारप्रसार गर्नुपथ्र्यो त्यो हुन सकेको छैन । जिल्लामा पर्यटन विकासका लागि बनाउने भनिएको गुरुयोजना संवन्धित निकायको उदासिनताका कारण निदाएको छ । हङकङ, बेलायत, अमेरिकालगायत विश्वका धेरै मुलुकमा थुप्रै म्याग्दीवासीले विभिन्न सङ्घ÷संस्था खोलेका छन् । इन्टरनेटमा केही वेभसाइटहरू खोलेका छन् र तीमार्फत आफूहरूलाई त्यहाँ चिनाउने काम गरेका छन् । आफ्नो जन्मभूमि अपार पर्यटकीय सम्पदाले भरिपूर्ण छ भन्ने कुरा कुनै सूत्रमार्फत चिनाउन भने उनीहरुले पनि नसकेका प्राध्यापक डा.प्रेम शर्माले बताउनुभयो ।

हिदी, चिमखोला, सिवाङ, मोदी, चराङ, मुना, लमसुन, लुलाङ, ताकम आदि गाउँमा झण्डै अस्ताउँदै गरेका पुरानो संस्कृति– रोधी, सालैजो, झाम्रे, पुर्खेउली, लोक तथा दोहोरी, यानी÷सुनीमाया, थालनाच आदि हेर्न, सुन्न पाइन्छ तर आजभोलि ती संस्कृति सम्पदा पनि सहर बजारतर्फ पलायन भएका छन् । यिनको संरक्षण र संवद्र्धन गर्न अति नै आवश्यक रहेको शर्माले बताउनुभयो ।