नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पश्चिम म्याग्दीको मंगला शिक्षा क्याम्पसमा कुसुम पाण्डेलाई स्ववियूको अध्यक्षको उम्मेदवार बनाउने भएको छ । अखिल क्रान्तिकारी मंगला शिक्षा क्याम्पसको शुक्रबार बसेको बैठकले सभापतिमा उम्मेदवारको घोषणासंगै प्रचारप्रसार र चुनावी रणनीति बनाएरै चुनावमा जाने अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सुदिन पौडेलले बताए ।

उनले अखिल क्रान्तिकारी शहिदको रगत र बलिदानले जन्मिएको संगठन भएकाले पनि नक्कली शैक्षिक एजेण्डा सहित मैदानमा उत्रिनेहरुबाट दवावमा नपर्न समेत विद्यार्थीलाई अनुरोध गरेका छन् । मंगला क्याम्पस इकाई कोषाध्यक्ष संगिता नेपालीका अनुसार क्याम्पसमा कुसुमको लोकप्रियता रहेको भावी योजनाहरुमा समेत काम गर्न सक्ने भएकाले अत्याधिक मतले विजय हुने दावी समेत गरिन् । उनले कसैको दबाबमा नपरी आफ्नो विवेकले स्ववियु नेतृत्व चयन गर्न विद्यार्थीलाई आग्रह समेत गरे । यसैविच क्रान्तिकारीले अन्य पदको टुंगो समेत छिटै लगाउने जनाएको छ ।

विज्ञापन