स्थानीय निकायका कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

0

काम बन्द गरेर स्थानीय निकायका कर्मचारीहरु धर्नामा बसेपछि आईतबार म्याग्दीका स्थानीय निकायको काम प्रभावित बनेको छ ।निजामती कर्मचारी भन्दा तल्लो तहमा राखेर बिभेदकारी समायोजन नीति बनाउन लागिएको भन्दै स्थानीय निकाय कर्मचारी संघको नेतृत्वमा कर्मचारीहरु धर्नामा बसेपछि जिविस र नगरपालीकाको सेवा प्रवाह ठप्प भएको हो ।

पञ्जिकरण, सिफारीस, योजना सम्झौता लगायतका काम नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । बेनी नगरपालीका कार्यालयमा सिफारीस बनाउन आएका नरबहादुर विश्वकर्माले कर्मचारीले आन्दोलन भन्दै काम नगरेपछि रित्तै फर्कनुपरेको गुनासो गर्नुभयो ।सरकारले संक्रमणकालिन र दिर्घकालिन नीति बनाउने क्रममा स्थानीय तहका कर्मचारीहरुभन्दा माथी निजामती कर्मचारी राख्ने व्यवस्था गरेको भन्दै स्थानीय निकाय कर्मचारी संघको देशब्यापी आन्दोलनका कार्यक्रम अन्तरगत आईतबार जिविस र नगरपालीका कार्यालयमा धर्ना बसेका हुन् ।

जिवनको उर्जावान समय स्थानीय निकायमा खर्चीएका साढे १८ हजार कर्मचारीको मागप्रती सरकारले बेवास्ता गरेकाले बाध्य भएर धर्नामा उत्रनुपरेको स्थानीय निकाय कर्मचारी संघ म्याग्दीका अध्यक्ष हरिकृष्ण आचार्यले बताउनुभयो । यस्तै गरी स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत, गाविस र वडा सचिवहरुले प्रयोग गर्ने सरकारी सवारी साधन चलाउन नदिने लगायतका कार्यक्रमहरु पनि रहेका संघका केन्द्रिय सदस्य राजेन्द्र आचार्यले बताउनुभयो । सोमबारदेखि कामकाज ठप्प पारेर अनिश्चितकालिन धर्नामा उत्रिने स्थानीय निकाय सम्बद्ध कर्मचारी संगठनहरुले चेतावनी दिएका छन् । सन्तोष गौतम