सुदिप रावल स्मृति कोषले आइतबार जिल्लामा रहेका उच्च माविमा अध्ययरत विद्यार्थी मध्ये सर्वोत्कृ विद्यार्थीलाई सम्मान गरेको छ । सुदिप स्मृति कोषले आइतबार जिल्लामा रहेका उच्च माविमा अध्ययरत विद्यार्थी मध्ये सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । मोटरसाइकल दुर्घटनामा निधन भएका बेनपा–१ रत्नेचौरका सुदिप रावलको पाँचौ स्मृति दिवसको अवसरमा न्यु वेष्ट प्वाइन्ट आवासीय माविको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो ।

उच्च माविमा ७९.२ प्रतिशत लिएर प्रथम भएका माउण्ट एभरेष्ट आवासीय माविका दिपक कार्की, ७७.२ प्रतिशत ल्याएकी न्यू वेष्ट प्वाइन्ट आवासीय माविकी कविता रोका र ७४ प्रतिशत जिल्ला तृतिय भएकी रमा जिसीलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद र सम्मानपत्रले प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रवेशिका परिक्षामा राम्रो अंक ल्याउने विद्यार्थीको उच्च माविमा नजिता कमजोर देखिएकाले उच्च माविमा समेत राम्रो अंक ल्याउने गरी विद्यार्थीले तयारी गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रमुख अतिथि प्रजिअ पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले आफन्तको सम्झनामा गरिने रचनात्मक कार्यले मृतकको आत्माले शान्ती पाउने र अन्यले समेत यसको सिको गर्न प्रेरणा मिल्ने बताएका थिए । कार्यक्रममा स्मृति कोषका कोषाध्यक्ष चन्द्र कु्मार केसीले स्मृति कोष मार्फत हालसम्म भएका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । सर्वोत्कृष्ट विद्यार्थी दिपक कार्कीले मन्तब्य राखेका थिए । सोही अवसरमा सुदिप रावलका सहकर्मी हरिकृष्ण गौतमले उनको बाल्यकाल सहित रुचीका बारेमा बोलेका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन कुमार विश्वकर्मा, न्यू वेष्ट प्वाइन्ट आवासीय माविका प्रधानध्यापक गंगाप्रसाद खतिवडा, कोषका सल्लाहकार नेत्र बहादुर महत, माउण्ट एभरेष्टका एकेडेमीक प्रमुख भगवान ढुंगाना, लायन्स क्लव अफ बेनीका अध्यक्ष ठाकुर प्रसाद शर्मा लगाएतको माउण्ट एभरेष्ट र न्यु वेष्ट प्वाइन्ट आवासीय माविका विद्यार्थीको उपस्थिती रहेको थियो । कोषका अध्यक्ष सन्तोष रावलको अध्यक्षा, उपाध्यक्ष दुर्गा बहादुर रावलको स्वागत र सचिव विक्रम बोगटीको सञ्चालनमा सम्पन्न भएको थियो । स्मृतिकोष मार्फत खेलकुद, शिक्षा, आर्थिक अवस्था कमजोर भएकाको उपचार लगाएत विभिन्न सामाजिक क्षेत्रमा सहयोग हुदै आइरहेको छ ।

विज्ञापन