मुडभेड निम्त्याउँदै गाउँपालिकाको विवाद

0

गत माघ महिनाको पहिलो साता प्रस्तावित धौलागिरि गाउँपालिकाको अस्थायी केन्द्रलाई सच्चाउन ताकम गाविसबाट बालबालिका देखी बृद्धबृद्धा सदरमुकाम बेनी आए । प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएर पुर्नविचार नगरे कडा आन्दोलनको चेतावनी दिएर गाउँ फर्किएको एकमहिना नबित्दै सोही गाउँपालिकाको अस्थायी केन्द्र तोकिएपछि धन्यवाद दिदैं खुसीयाली मनाउन गाउँपालिका अन्र्तरगतका मुना, मुदी, लुलाङ, गुर्जा गाविसका बासिन्दाहरू सदरमुकाम बेनी आउँदा बाटोमा अवरोधको समाना गर्नुपर्यो ।

मुनाबाट सवारीसाधनमा आएका गाउँलेलाई अस्थायी केन्द्रप्रति असन्तु्ष्ट रहेका जनाउन दिदैं ९ वटा रूख काटेर बाटो अवरोध गरेपछि पन्छाएर सदरमुकाम आए । मुनालाई केन्द्रको माग गरेर दवावमुलक कार्यक्रम सञ्चालन गरेका केही गाविसबासीले सदरमुकाम आउने क्रममा धेरै सास्ती खेप्नुपरेको गुनासो प्रमुख जिल्ला अधिकारी समक्ष गरे । ‘हामीलाई सडक सञ्जालको प्रयोगमा समेत अवरोध गरिएको छ ।एक्लै आवतजावतमा समेत गाउँले त्रसित हुनुपर्ने अवस्था छ’ मुनाका यूवा रेमश पुनले भने । उनले गाउँपालिकाको अस्थायी केन्द्र मुनामा राख्ने आयोगको निर्णयलाई स्वागत गदैं स्थायी केन्द्रका लागि जनताले आफ्नो ब्यक्तिगत सम्पत्ती समेत निशुल्क दिन तयार रहेको बताए ।

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले विवादित गाउँपालिकाको केन्द्रको जिम्मेबारी आयोगलाई तोक्न दिने निर्णय गरेपछि चर्किएको विवादले छिमेकी गाविस विचको सम्बन्ध मुडभेडमा परिणत हुन थालेपछि गाउँले चिन्तित भएका छन् । गाउँपालिकाको पक्ष र विपक्षमा रहेका गाविसबासी विच पुरानो सम्बन्ध विच्छेद हुनुका साथै आवतजावत, सामाजिक कार्यमा सहकार्यका साथै एकले अर्काको चर्को आलोचना गर्ने गरेका छन् । स्थानीयस्तरमा सक्रिय रहेका ठुला राजनीतिक दलका नेताहरूको नेतृत्वमा पक्ष र विपक्षमा आवाज उठ्न थालेपछि धौलागिरि र रघुगंगा गाउँपालिकामा विवाद चर्किएको छ।

ताकमबासीले धनाबस्ती कार्यक्रम, समथर भुभाग, सडक सञ्जाल, उच्च मावि, स्वास्थ्य चौकी, खानेपानी लगाएतका क्षेत्रमा आवश्यक पुर्वाधार तत्कालै उपलब्ध भएपनि अवैज्ञानिक र गुगलको आधारमा अस्थायी केन्द्र तोकिएको भन्दै राजनीतिक दल र आयोगको आलोचना गरेका छन् । आयोगले आफै बनाएका मापदण्डलाई लत्ताएको भन्दै मापदण्डको अवलोकन स्थलगत हुनुपर्नेमा गुगलबाट हेरेर गरिएकोमा आपत्ती भएको ताकमका यूवा गोपाल आचार्यले बताए । उनले हचुवाका भरमा गाउँपालिका तोक्ने प्रयास गरिएको बताउँदै तत्कालै स्थगित गरेर स्थलगत अनुगमन पछि तोक्न ताकमबासीको माग रहेको बताए ।

‘दुई गाउँपालिकाको अहिलेको विवादको प्रमुख दोष राजनीतिक दलले लिनुपर्छ । आयोगको मापदण्ड विपरित एउटै गाउँपालिकालाई दुईवटा गाविसमा सिफारिस गर्नु गम्भीर भुल थियो’ पिप्ले गाविसका एक नेताले भने । सयौंबर्षसम्म पानी, बनजंगल, सामाजिक कार्यमा सहभागिता जनाइरहेका जनतालाई संघियताको नाममा दुस्मन बनाउने प्रयास भइरहेको बताउँदै सबै गाविसलाई सम्मान पुग्ने गरी गाउँपालिकाको केन्द्र निर्धारण गर्नुपर्ने विवादित गाउँपालिकाका बासिन्दाको भनाई छ ।

एक गाविसबाट अर्को गाविसमा जोडिएका सडक, पदैलमार्गमा समेत आवतजावत गर्न असुरक्षित, अवरोधको समाना गनुर््पर्ने अवस्थालाई तत्कालै समाधान नगरे भविस्यमा समस्याले उग्ररुप लिन सक्ने तर्फ सचेत हुन राजनीतिक दललाई समेत गाउँलेले सचेत बनाएका छन् । प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा लगायत मापदण्डका आधारहरु आयोगले तोकेपनि मापदण्डको आधारमै केन्द्र बनाएको दावी स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गरेपनि असन्तु्ष्ट पक्षले स्वीकार गरेका छैनन् ।

गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भएपनि धौलागिरि र रघुगंगा गाउँपालिकाको केन्द्रमा राजनीतिक दल विच विवाद भएपछि धौवलागरिको ताकम र मुना र रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी गाविसलाई प्रस्ताव गरिएको थियो ।आयोगले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा धौलागिरिको अस्थायी केन्द्र मुना र रघुगंगा गाउँपालिकाको पाखापानी उल्लेख भएको जानकारी पाएपछि पक्ष र विपक्षमा आन्दोलन चर्किएको छ ।

म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मंगला गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर तोकिएको छ ।