नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट तारानाथ शर्माको अध्यक्षतामा सर्वसम्मत कार्यसमिती निर्वाचीत भएको छ । शाखाको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, रुद्रकुमारी खत्री (मालती), सचिवमा गोरखनाथ सुवेदी, कोषाध्यक्षमा हरिकृष्ण गौतम, सहसचिवमा कमल खत्री र गोपाल छन्त्याल चयन हुनुभएको छ । सदस्यहरुमा सुर्दशनकुमार श्रेष्ठ, प्रताप बानिया, पदम विश्वकर्मा, अमित विश्वकर्मा, आशिका मल्ल, सावीत्रा सुवेदी र दिनेश फगामी रहनुभएको छ ।

केन्द्रिय पार्षदहरुमा क्रमश सुरत केसी, प्रकाश पौडेल, सवी बानिया, धु्रबसागर शर्मा र देवीप्रसाद शर्मा तथा प्रदेश पार्षदहरुमा सन्तोष गौतम, घनश्याम खड्का, निर्मल खत्री, रामचन्द्र गौतम, प्रमोद शर्मा, गिता मिजार र कमल बानिया चयन हुनुभएको छ । शाखाका नवनिर्वाचित अध्यक्ष शर्माले महासंघलाई संस्थागत गर्ने, पत्रकारहरुको क्षमत्ता विकास र स्थानीय सञ्चार माध्यमको सवलीकरणमा जोड दिने प्रतिवद्धता जनाउनुभयो ।

अधिवेशनमा महासंघका महासचिव उजिर मगर, केन्द्रिय सदस्य हरिनारायण गौतम र रोहीत दाहालले श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन गर्न पत्रकारहरुबीच एकता, सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो । उहाँहरुले पत्रकार आचार संहिताको पालनामा संवेदनशील बन्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।सांसदद्धय नवराज शर्मा र रेशमबहादुर बानियाले संबिधान कार्यान्यवन र लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार जगतको रचनात्मक भुमिका आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा र स्थानीय विकास अधिकारी प्रेमराज गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नागरीक समाजका सुर्दशनकुमार श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष मालती खत्री, प्रेस युनियनमा सभापती गोपाल छन्तयाल र प्रेस सेन्टरका अध्यक्ष कमल खत्रीले पनि बोल्नुभएको थियो ।

अधिवेशनको अवसरमा अक्षयकोष स्थापनाका लागि शाखाका निवर्तमान अध्यक्ष सुरत केसीले एक लाख, उपाध्यक्ष मालती खत्रीले ५५ हजार ५५५ र सचिव गोरखनाथ सुवेदीले पचास हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको थियो । कार्यबिधी बनाएर कोषको ब्याज पत्रकारलाई प्रोत्साहत र सहयोग पुग्ने काम गर्नका लागि परिचालन गरिने उहाँहरुले बताउनु भएको छ । शाखाका निवर्तमान अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष आचार्यको स्वागत र सचिव सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।