नेकपा (माओबादी) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनबाट जिल्ला सचिवमा गमवहादुर श्रीसमगर निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको बरंजा–३ का श्रीषको कमाण्डमा जगत,क्रान्ति, उषा लगाएत २१ सदस्यीय जिल्ला कमिटी चयन भएको नेकपा माओवादी म्याग्दीले जनाएको छ ।

जिल्ला कार्यसमितिका रहेका अन्य सदस्यको नाम गोप्य राखिएको छ ।पार्टीको केन्द्रिय निर्देशन अनुसार नै सेक्रेटरी बाहेकको विवरण सार्वजनिक गर्न नमिल्ने माओवादीको भनाई छ । २०५३ सालमा कलाकारबाट नेकपा माओवादीमा प्रवेश गरेका श्रीष, विद्यार्थी संगठनको सह सचिव हुदै पहिलो संविधान सभामा समानुपातिक सभाषद् समेत भएका थिए । माओवादी जनयूद्धमा म्याग्दीमा भएका भिडन्तहरुमा समेत प्रत्यक्ष सहभागिता जनाएका श्रीषले माओवादी विभाजन भएपछि मोहन बैद्य किरण नेतृत्वको पार्टीमा लागेका थिए ।

बैद्य माओवादीबाट विभाजित भएर नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीमा जिल्लाको संगठनलाई बिलय गराएका श्रीषले आफ्नो नयाँ कार्यकालमा पार्टीको संगठनलाई गाउँस्तरमा पु्र्यायने बेनीअनलाइनलाई बताए । ‘हामीलाई भुमिगत हुन्छ भन्ने हल्ला चलाइएको छ । जनताको माझमै बसेर दलालहरुलाई कारवाही गछौं’ उनले भने ।

सेक्रेटरी श्रीषले संगठन विस्तार, जनअभियान, जनताको घरदैलोमा पुगेर संसदीय ब्यवस्थाको खारेज, कालोबजारी, भ्रष्टचारीलाई कारवाही लगाएतका अभियान जनताको माझमै बसेर गर्ने बताए । जिल्लामा पार्टीका कार्यकता, सुभचिन्तकको संख्या बढ्दै जान थालेको बताउँदै जनताको घरबाटै अहिलको संसदीय ब्यवस्थाको अन्त्य गर्ने सेक्रेटरी श्रीषको भनाई छ । गत शुक्रबार भएको जिल्ला अधिवेशनको नेकपा (माओबादी)का प्रभावशाली नेता तथा स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्तोलाले उद्घाटन गरेका थिए।

सामान्ती राज्य सत्ता ढलेर अहिले दलाल राज्य सत्ता स्थापना भएकाले क्रान्तिको माध्यमबाट जनवादी सत्ता स्थापना गर्न माओबादीले एकिकृत
जनक्रान्तिको कार्यदिशा ल्याउन जनक्रान्तिको लालकिल्ला रोल्पाको थवाङबाट घोषणा गर्ने माओवादीको तयारी छ । फागुन १ गते काठमाण्डौमा उद्घाटन गरिएको महाधिवेशन लगत्तै माओवादीका नेताहरु भावी योजना बनाउन रोल्पाको थवाङ पुगेका छन् । विप्लव माओवादीमा केन्द्रिय सदस्य ध्रुव घिमिरे (विप्लव)ले समेत अभियानलाई सक्रियतापुर्वक अगाडी बढाउने तयारीमा जुट्न कार्यकतालाई अनुरोध गरेका छन् ।