नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीमा दुई लाख पाच हजार रुपैयाको अक्षयकोष स्थापना भएको छ । शाखाको मंगलबार बेनीमा सम्पन्न पाँचौ अधिवेशनको अवसरमा उक्त अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोष स्थापनाका लागि शाखाका निवर्तमान अध्यक्ष सुरत केसीले एक लाख, उपाध्यक्ष मालती खत्रीले ५५ हजार ५५५ र सचिव गोरखनाथ सुवेदीले पचास हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

उहाँहरुले आफ्ना स्वर्गिय आफन्तको स्मृतिमा घोषणा गर्नुभएको उक्त रकमलाई कार्यबिधी बनाएर कोषको ब्याज पत्रकारलाई प्रोत्साहत र सहयोग पुग्ने काममा लागि परिचालन गरिने महासंघले जनाएको छ । यसैबिच मंगलवार निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठकले क्रियाशिल पत्रकारलाई बार्षिक रुपमा पुरस्कृत गर्ने गरि अक्षयकोष निर्माणको लागि सहयोग घोषणा गर्ने तिनै जनालाई धन्यबाद ज्ञापन गर्दै अक्षयकोषको व्यवस्थापनको लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ ।

विज्ञापन