न्यु वेस्ट आवासिय माविमा भ्यालेन्टाइन डे मनाइएको छ । कक्षा ११ १२ र बिबिएस मा अध्ययनरत विद्यार्थीले एक कार्यक्रमको आयोजना गरि भ्यालेन्टाइन डे मनाएका हुन् । नयाँ पुस्तामा भ्यालेन्टाइन डे मनाउने चलन केहि बर्षयता निकै लोकप्रिय बन्दै आइरेहेकोे छ । गतबर्स झैँ यस बर्ष पनि गजल, कबिता भावना लगायतका रचना बाचन र नृत्य प्रतियोगिताको आयोजना गरि मनाइएको हो ।

विद्यालयको सभाहलमा भएको कार्यक्रममा कक्षा ११ देखि बिबिएस सम्मका विद्यार्थील, शिक्षक प्राध्यापक लगायतले विभिन्न श्रृंगारिक गजल मुक्तक कविता लगाएतका रचना बाचन गरेका थिए । त्यसै गरि १० जना विद्यार्थि सहभागीले नृत्य समेत प्रस्तुत गरेका र उत्कृस्ट नृत्य प्रस्तुत गर्ने २ जनालाई पुरस्कृत समेत गरिएको प्राध्यापक गोबिन्द सुबेदीले बताए । कार्यक्रममा शिक्षक हरुको लागि पनि विद्यार्थीहरुद्वारा रमाइलो खेल खेलाइएको थियो ।

Influeential Bachelor का अध्यक्ष बिबिएस चौथो बर्षका दिलिप रोकाको अध्यक्षता प्राचार्य गङ्गा प्रसाद खतिवडाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचलान कक्षा १२ का सोनिया क्षेत्री र सनम घतानेले गरेको वेस्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताएका छन् ।