राप्रपाको फागुन ६ देखि ९ गतेसम्म काठमाडौमा हुन लागेको एकतापछिको प्रथम महाधिवेशनमा म्याग्दीबाट भाग लिने प्रतिनिधी छनौट भएका छन् ।
जिल्ला समितिको बैठकले अध्यक्ष बिरबहादुर थापा क्षेत्री, भिमप्रसाद गौचन, जगतप्रसाद गौचन, एकेन्द्रबहादुर रावल, जगतनारायण गौचन, पहलबहादुर खत्री, बिनोद भट्टचन, राजकुमारी गर्बुजा र लिला छिनेल परियारलाई महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

यसैगरी बेनी नगरपालीकाबाट नगर अध्यक्ष हरिबहादुर शाक्य र चन्द्रबहादुर कुँवर महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । राप्रपाको जिल्ला र नगर कार्यसमितिबाट महाधिवेशन प्रतिनिधि छनौट हुने व्यवस्था रहेको छ ।