राम्चे महभीरका गाउँले भन्छन्,‘ नेताहरूले हाम्रो गाउँमा आउने बाटो पनि विर्सिए’

0

राम्चे गाविस–७ महभीर स्थीत चन्द्र प्राविको विद्यालयमा आयोजित कार्यक्रममा पुगेका ब्यवस्थापिक संसदका सदस्य रेशम बहादुर बानियाँलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देउप्रसाद पुर्जाले धन्यवाद दिए । गाउँमा जनप्रतिनिधि, राजनीतिक दलका नेता देख्न समेत नपाएको अवस्थामा विद्यालयको कार्यक्रमको निम्तो स्वीकार गरेर पुगेका सांसद बानियाँलाई गाउँलेले भब्य स्वागत गरे ।

‘हाम्रो गाउँसम्म आउने बाटो समेत नेताहरुलाई थाहा छैन् । सांसदको अनुहार नदेखेको त धेरै भइसक्यो’ पुर्जाले भने । बुधबार विद्यालयमा गरिएको स्टील पोल र तारजालीको घेराबार उद्घाटन गर्न पुगेका सांसद बानियाँलाई स्थानीयले स्वागतमै दर्जनौ गुनासो गरे । ‘गाविसका नेताहरु गाउँमा आउँदैनन्, जिल्लाका नेताहरुले गाउँ आउने बाटो देखेका छैनन’ स्वागतमै ब्यङ्ग्य गदैं पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर गुर्बजाले भने ।

उनले गाउँका शिक्षा, स्वास्थ्य, सडक लगाएतका पु्र्वाधारमा बजेटको आवश्यकता भएपनि सरकारी निकायबाट उपेक्षा भएको बताए । ‘दुर्गममा बजेट दियो भने जानुपर्छ भनेर होला, हामीले बजेट पाउँदैनौ, पाएपनि दुईचार लाख’ गर्बुजाले भने । विद्यालयको प्राङ्गनका भएको उद्घाटन तथा स्वागत कार्यक्रममा बोल्ने स्थानीयले धेरैपछि जनप्रतिनिधिलाई गाउँमा देख्दा निकै उत्साहित भएको बताउँदै गाउँको समस्यालाई समाधान गर्न बजेटको ब्यवस्थापन गर्न अनुरोध गरे ।

कार्यक्रममा पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यग ललिमन पुर्जा, खिम बहादुर गर्बुजा, वडा नागरिक मञ्च संयोजक खड्क बहादुर पुन, शिक्षक अभिभावक संघका अध्यक्ष केम बहादुर पुर्जा, समाजसेवी कर्ण सिंह पुर्जा, नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य अजयमिलन श्रेष्ठ, मनकुमारी विक, भव बहादुर भण्डारी, तरुण दलका अच्युत गिरीका साथै विशिष्ट अतिथि राम्चे गाविस सचिव कृष्ण बहादुर विक र नेपाली कांग्रेस म्याग्दीका निर्वतमान सचिव माधव प्रसाद रेग्मीले मन्तब्य ब्यक्त गरेका थिए ।

करिव २ लाख ५० हजारको लागतमा निर्माण गरिएका घेराबारको सांसद बानियाँले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै सांसद बानियाँले जनताको गुनासोलाई स्वीकार गदैं आगामी दिनमा निरन्तर गाउँमा आउने प्रतिबद्धता जनाए । ‘तपाईहरुको गुनासोले जिम्मेबारी बढाएको छ । गाउँको विकासमा निरन्तर सक्रिय हुनेछु’ उनले भने ।

सांसद बानियाँले आफुँले जिल्लाकाविभिन्न क्षेत्रमै पुगेर जनताको गुनासो संकलन गदैं बजेटका लागि सम्बन्धित मन्त्रालयमा जानकारी गराएको बताउँदै यहाँको समस्यालाई समेत जिल्ला देखी केन्द्रसम्म पुर्याउने प्रतिबद्धता जनाए ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देउप्रसाद पुर्जाको अध्यक्षता, प्रअ इन्द्रबहादुर विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।