सदरमुकाम बेनीमा स्वास्थ्यकर्मीको तालिममा सहभागि एक स्वास्थ्यकर्मीले चौकीमा सिटामोल समेत सहज उपलब्ध नभएको गुनासो गरे ।उनीसंगै सहभागि भएका केही स्वास्थ्यकर्मीले समेत समर्थन जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले स्टोर प्रमुख लिलानाथ पौडेललाई औषधीको विवरण बुझ्दा करिव ३६ हजार ट्यावलेट सिटामोल भेटियो ।

स्वास्थ्यकर्मीले औषधीको गुनासो गरेलगत्तै अस्पतालको स्टोरमा रहेको विवरण सहित उपस्थित भएका कर्मचारीको अगाडी उनले आफ्नो गुनासो फिर्ता लिए । तालिम सकिएलगत्तै उनले सिटामोल समेत नलगी कार्यक्षेत्रमा फर्किएको अस्पतालका कर्मचारीको भनाई छ । जिल्लाका विभिन्न गाविसमा कार्यरत स्वास्थ्यकर्मीले आफ्नो कमजोरी लुकाउन, जिल्लाका चिकित्सक सहित स्वास्थ्यकर्मीलाई दवाव दिन र विरामीलाई आफ्नो क्लिनिकबाट औषधी विक्री गर्ने गरेको समेत भेटिएको छ ।

स्टोरमा प्रयाप्त औषधी हुदाँ समेत दुर्गम क्षेत्रका जनतालाई औषधीको अभाव भएको भन्दै जिम्मेबारीबाट पन्छिने समेत पाइएको छ ।‘स्वास्थ्य चौकीमै औषधी भएपनि छैन भन्ने गरेको अनुगमनमा समेत फेलाप¥यो ।यसलाई रोक्न निरन्तर अनुगमनको तयारी गरिएको छ’ जिल्ला अस्पताल म्याग्दीका निमित्त प्रमुख डा. अम्बिालिका शाक्यले भनिन् । उनले सरकारले उपलब्ध गराएका औषधीको सहज वितरण तथा अभाव भए लगत्तै तुरुन्तै आपुर्ती गर्ने ब्यवस्थाले समेत सहज भएको बताउँदै स्वास्थ्यकर्मीहरुको कमजोरीले सिंगो जिल्लाको स्वास्थ्य क्षेत्रमा असर गर्ने तर्फ सचेत बनाउने अभियान थालनी भएको बताईन् ।

जिल्लाका ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीमा लामो समयसम्म कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्यचौक आसपासका क्षेत्रमा औषधी पसल सञ्चालन गर्ने, निशुल्क औषधी सकिएको भन्दै आफ्नो किलनिकबाट वितरण गर्ने जस्ता गु्नासो समेत आउन थालेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाभर रहेका स्वास्थ्य चौकीको स्टोर र डिस्पेन्सरीमा रहेका औषधीहरुको विवरण सङ्कलनको क्रममा चौकीमा आवश्यक औषधी तीनमहिनासम्म भण्डार गर्नुपर्ने प्रावधान भएपनि स्वास्थ्यकर्मीले जिल्लामा माग नगर्ने,आपुर्तीको बेवास्ता गर्ने, एउटै औषधीको मात्रै नाम लिएर सोही रोगको अर्को नाम गरेको औषधीलाई म्याद सक्ने लगाएतका कमजोरी समेत फेला परेको चिकित्सकको भनाई छ । यसैविच प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उत्तरी म्याग्दीको भुरुङ तातोपानी र दाना स्वास्थ्य चौकीमा रहेका औषधीको विवरण र स्टोरको अनुगमन गरेका छन् । उनले स्वास्थ्य चौकीबाट वितरण गरिने औषधीको म्याद दुईतिन महिना बाँकी रहेको अवस्थामा भेटिएको बताउँदै औषधीको म्याद सकिएपछि स्टोरमै फेला परे कारवाहीको चेतावनी समेत दिए ।

उनले दुईमहिना मात्रै म्याद भएका औषधीहरु समेत स्वास्थ्य चौकीमा भेटिएको बताउँदै यसका बारेमा मन्त्रालयसम्म कुरा गर्ने समेत बताए । जिल्ला अस्पतालमा रहेको स्टोरमा ७० प्रकारका निशुल्क सहित ८० प्रकारका औषधी खरिद गरिएको छ । जसमा दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३९ प्रकारका औषधी निशुल्क उपलब्ध रहेको छ । जिल्लामा ३९ स्वास्थ्य चौकी, १ प्राथमिक स्वास्थ्य केन्द्र र १ जिल्ला अस्पताल मार्फत विरामीलाई आवश्यक पर्ने औषधीको विवरण सहित उपलब्ध भइरहेको छ ।

उत्तरी म्याग्दीको भुरुङ तातोपानीको स्वास्थ्य चौकीमा अनुगमन गदैं प्रमुख जिल्ला अधिकारी राज्ुप्रसाद पौडेल । तस्वीर हरिकृष्ण गौतम

विज्ञापन